Sorry, that menu does not exist.
 

बुर्तिवाङमा सवारी छड्के चेकजाँच !

छबिलाल पाण्डे बुर्तिबाङ २०७३ फागुन ७ । बुर्तिबाङ स्थित बुर्तिबाङ यातायात ब्यबसायी समिती, पत्रकार लगाएतको रहोबरमा बुर्तिबाङ तारीखेतमा छड्के सवारी चेकजाँच गर्दा चार मोटरसाईकल , एक बस, एक जिपलाई कार्वाहि गरीएको छ ।

कार्वाहि पर्नै सवारीमा चालकको लाईसेन्स नभएको, हेलमेट नलगाएको, नम्बर प्लेटमा लगाउनु पर्ने कलर नलगाएको भेटीएको हो । ट्राफिक प्रहरी पुणर््ा बहादुर श्रेष्ठ, बुर्तिबाङ यातायात ब्यवसायी समितीको महासचिब नरहरी भुषाल, सचिब कुबिर बिक, प्रहरी , पत्रकार लगाएतको सहभागिता रहेको थियो ।
शुक्रवारदेखि थालीएको पहिलो अभियान अब प्रत्यक महिनामा सुरु गर्नै बताईएको छ । ट्राफिक पुर्ण बहादुर श्रेष्ठका अनुसार बुर्तिबाङमा ३ महिनामा ८० बढि यातायात कार्वाहिमा परेको र ८० हजार राजश्व संकलन भएको भएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply