छबिलाल पाण्डे बुर्तिबाङ २०७३ फागुन ७ । उत्तरगँगा माविमा बिगत दुई बर्ष देखि सञ्चालनमा रहेको अपाँगता कक्षामा अध्यनरत बिद्यार्थीका लागि सोहि बिधालयका बिद्यार्थीहरुले सँकलन गरेको राहत रकम शुक्रबार एक कार्यक्रमका बिच हस्तान्तरण गरीएको छ ।
बिद्यालयमा अध्यनरत अनुसाशन बिद्यार्थी समुह, शिक्षक, स्थानीय समाजसेवी लगाएतको सक्रियतामा गत पुस २३ गते बुर्तिबाङ बजार क्षेत्रबाट ३१ हजार ७ सय ३५ रुपैया सँकलन गरीए थियो । सोहि रकमबाट अनुसाशन समितीले दैनिक आबश्यक पर्ने ७ पोका चामल, खाने तेलको कार्टुन, खाना पकाउने ग्यास सेट, प्रेसर कुकर, कित्ली लगाएतका सामाग्रि खरिद गरेर एक कार्यक्रमका बिच बिधालयका प्रअ धन बहादुर कुवँरलाई हस्तान्तरण गरीएको हो ।
बिद्यालयमा गठित अनुशासित समितीको आयोजनामा भएको कार्यक्रमका अबसरमा समितीका अध्यक्ष अनील कुमार बिश्वकर्माको अध्यक्षता, बिद्यालयका प्रअ धन बहादुर कुवँरको प्रमुख आतिथ्यता, जिल्ला अपाँगता सरोकार समितीका अध्यक्ष चुडा बहादुर कुवँर, स्थानीय बुद्धिजिवी लगाएको आतिथ्यता रहेको कार्यक्रममा समितीका कोषादक्ष लक्ष्मी अर्गजा मगरको स्वागत र सदस्य गणेश बिश्वकर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।