लायन्स क्लबको क्याबिनेट फेलोशिप मिटिङ सुरु, भब्य -याली व्दारा नगर परिक्रमा !

बागलुङ २०७३ फागुन ७ । लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ बि वान को तेस्रो क्याबिनेट बैठकको प्रि क्याबिनेट बैठक सम्पन्न भएको छ । बैठकमा देशभरका २ सय ९३ क्लबका ३ हजार भन्दा बढिको सहभागिता रहेको क्लबले जनाएको छ । बैठक आज समापन हुने कार्यक्रम छ ।

क्लवको क्याविनेट फेलोशिप मिटिङ भने आज धौलागिरी बहुमुखी क्याम्पस प्राङ्गणमा सुरु भएको छ । वैठक अघि बागलुङ बजारमा वृहत शान्ति ¥याली र बिभिन्न चोकमा झाँकी प्रर्दशन गरिएको छ ।

ठुलो संख्यामा लायन्सका सदस्यहरुको उपस्थिति रहने भएकाले बागलुङमा रहेको प्रसिद्ध कालिका भगवति मन्दिर लगाएत विभिन्न पर्यटकिय स्थलहरुलाई विश्व सामु चिनाउनका लागि बैठकले सहयोग पुग्ने मूल आयोजक समितिका संयोजक काजीमान गुरुङले बताए ।

बैठक सम्पन्न गर्नका लागि ४४ लाख रुपैँया खर्च लाग्ने अनुमान गरिएको छ । ७५ प्रतिशत लायन्स सदस्यहरुको रजिष्टे«शनबाट संकलन गरिसकेको र बाँकी २५ प्रतिशत स्थानीय उद्योग व्यापारी तथा सामाजिक संघ संस्थाबाट संकलन गरिएको आर्थिक संयोजक दुर्गा कँुवरले जानकारी दिए । बैठकमा सहभागी हुन आउने पाहुनाहरुलाई स्थानीय ६४ वटा होटलहरुमा राख्ने गरी व्यवस्था गरेको आयोजकले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.