भान्जीलाई ईन्जिनियरमा नियुक्ती गरेपछी मोदी गाउपालिकाका अध्यक्ष पौडेल चर्चामा

महेन्द्र केसी पर्वत २०७५ बैशाख ८ । मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल गाउँपालिकाको ईन्जिनियर पदमा आफ्नै भान्जी दीपा सुवेदीलाई नियुक्ति दिएपछी चर्चामा आएका छन् । गाउँपालिकाको लागि एक जना इन्जिनियर आवश्यक परेको मौका छोपी एक जनाको माग गरी दुई जना इन्जिनियर राखी गाउँपालिकालाई आर्थिक भार थपेकोमा उनको बिरोध भएको हो ।

कृषकहरुलाई अनुदानको लागि खरिद गरिएको पावर मिनी टेरलमा आर्थिक चलखेल गरेको कुरा सेलाउन नपाउँदै फेरी भान्जी भर्ती प्रकरणले बजार पाएको हो ।
मोदी गाउँपालिकाका अध्यक्ष पौडेलमाथी उपाध्यक्ष सेती महतलाई जिम्मेवारीबाट अलग्गाएर एकलौटी निर्णय गर्दै आएको आरोप लाग्दै आएको छ ।

अध्यक्ष पौडलसँग यस विषयमा कुरा गर्न उनले कार्यलय समयमा आएर बुझ्न भन्दै कुरा टारे ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *