नगरप्रमुख गैरेले गल्कोट प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरहरुलाई दिए यस्तो निर्देशन !

गुमानसिँह भण्डारी गल्कोट २०७५ बैशाख ८ । गल्कोट प्राथमिक स्वास्थ केन्द्रमा भएका सेवाहरुलाई सहज तरिकाले सेवाग्राहीलाई उपलब्ध गराउन गल्कोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले निर्देशन दिएका छन् । गैरेले केन्द्रको आकस्मित बैठक बोलाई सस्थामा भएका समस्यालाई टिपोट गरि सस्थाले गर्न सक्ने समस्यालाई तत्काल समाधान गरि सेवा प्रवाह गर्न डाक्टरहरुलाई निर्देशन दिएका हुन् ।

स्वास्थ केन्द्रको ल्याबमा एनलाईजर मेसिन भए पनि त्यसको प्रयोग गर्नका लागी प्राबिधिक र केमिकल नभएको, गर्भवती महिलाहरुका लागी गर्भ जाँच गर्ने भिडियो एक्सरे मिसिन भए पनि त्यसको प्रयोगमा लागी अनमि नभएको कार्यक्रममा जानकारी गराईएको थियो ।

नगरप्रमुख गैरेले भएका सामाग्रीहरुको प्रयोग गरि सेवा प्रवाह गर्नका लागी सस्थालाई सम्बिधत निकायमा पहल गर्न आग्रह गरेका थिए ।

सस्थामा गर्भ जाच्ने मिसिन प्रयोगबिहीन बन्दै जादाँ यहाँका महिलाहरुले ठुलो मात्रामा खर्च गरि नीजी स्वास्थ्य केन्द्रहरुमा जाने गरेको गल्कोट नगरपालिका वडँ नम्बर ५ का अध्यक्ष नारायणध्वज मल्लले बताए ।

कार्यक्रममा गैरेले गलकोट प्राथमिक स्वास्थ केन्द्रमा कार्यरत डाक्टर तथा कर्मचारीहरुले नगरपालिकामा जानकारी गराएर मात्रै बिदा लिनुपर्ने बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *