बुर्तिवाङमा आयोजित प्रथम ढोरपाटन महोत्सव-२०७५ भव्य, सभ्य एवं शान्तिपूर्ण सम्पन्न !

महोत्सवको समापन भएपनि व्यापार मेला भने भोलि बैशाख ८ गते सम्म जारी रहने – सुवेदी

डम्मर बुढा मगर / दिनेश शर्मा बुर्तिवाङ २०७५ बैशाख ७ । बुर्तिवाङमा जारी प्रथम ढोरपाटन महोत्सव केहि समय अघी ९ बजे शान्ति पूर्वक भव्यरुपमा सम्पन्न भएको छ । समापन कार्यक्रमकी प्रमुख अतिथी सांसद ज्ञानकुमारी छन्त्याल, ढोरपाटन नगरपालिकाका प्रमुख देव कुमार नेपाली, तमानखोला, निसीखोला र बडीगाड गाउपालिका अध्यक्षहरु क्रमश जोकलाल बुढा, ताराप्रसाद पौडेल र मेहर सिँह पाईजाले विजेताहरुलाई पुरस्कार वितरण गरेका थिए ।
ढोरपाटन महोत्सव मुल समारोकका अध्यक्ष एवं बाउबा संघ बुर्तिवाङ ईकाईका अध्यक्ष चिन्तामणी शमोको सभापतित्वमा सम्पन्न समापन समारोहमा महोत्सवका सहयोगी संघसंस्थाहरुलाई सम्मान गरिएको थियो ।

समापन समारोमा ढोनपाका नगरप्रमुुख नेपाली तथा तमानखोला, निसीखोला र बडीगाड गाउँपालिकाहरुका अध्यक्षहरु क्रमश बुढा, पौडुल र पाईजाले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको सन्चालन बाउवा संघ बुर्तिवाङ ईकाईका महासचिव राम सुवेदीको सन्चालनमा सम्पन्न भएको थियो ।

महोत्सवको समापन भएपनि व्यापार मेला भने भोलि बैशाख ८ गते सम्म जारी रहने महासचिव सुवेदीले ईबागलुङलाई जानकारी दिए ।

बुर्तिवाङमा सन्चालित प्रथम ढोरपाटन महोत्सवको उद्घाटन पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए ।
महोत्सवमा कराँते, महिला पुरुष भलिबल, ताराखेल लगायतका खेलकूद प्रतियोगिताहरु, लोक दोहोरीगीत प्रतियोगिताका साथै राष्ट्रिय तथा स्थानीय कलाकारहरुव्दारा सांगीतिक प्रस्तुति दिएका थिए ।

महोत्सव अपेक्षा गरिए भन्दा सफल र आकर्शक रहेको दर्शकहरुको मुल्यांकन रहेको आयोजकले जनााएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *