ढोरपाटन महोत्सवमा स्टल फेन्सी पसले लामाको मुक्का प्रहारबाट पाण्डे घाईते !

डम्मर बुढा मगर बुर्तिबाङ, २०७५ बैशाख ७ । बुर्तिबाङमा एक युवाले मुक्का प्रहार गर्दा ढोरपाटन नगरपालिका–१ बुर्तिबाङका ३३ वर्षिय लालुराम पाण्डे घाईते भएका छन् ।

धादिङ घर भई बुर्तिबाङमा महोत्सवको लागि फेन्सी सामान बेच्दै आएका ३० वर्षिय दिपक लामाले मुक्का प्रहार गर्दा पाण्डे घाईते भएको ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी प्रमुख कृष्ण रानाले जानाकारी दिए ।

लामाले आफुले सामान बेच्ने स्थानमा पाण्डे गएर आईस क्रिम बेच्न थालेको र उनीहरु बिच सामान्य भनाभन भए पछि लामाले एक्कासी मुक्का प्रहार गरेको प्रहरी प्रमुख रानाले बताए ।

लामाले मुक्का प्रहार गर्दा पाण्डेको निधारमा चोट लागेको छ । उनको अहिले बुर्तिबाङ स्थित बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको छ ।

मुक्का प्रहार गर्ने लामालाई प्रहरीले नियन्त्ररणमा दिएको छ । उनलाई सोध पुछ कारबाही अगाडी बढाउने प्रहरी प्रमुख रानाले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *