निसी भल्कोटका मगर युवाहरु पञ्चेबाजा बजाएर मनग्गे आम्दानी गर्दै !

कुम्बिर बिश्वकर्मा, २०७३माघ ७ । परम्परागत रुपमा दर्जी समुदायले बजाउँदै आएको नौमती पञ्चे बाजा लोप हुँदै गएपछि निसी,भल्कोटका मगर युवाहरुले त्यसको संरक्षणमा जुटेका छन् । दमाई समुदायका बृद्धहरुले मात्र यो पेशा गर्दै आएको तर युवाहरुले यसतर्फ ध्यान नदिदा लोप हुने अवस्था देखेपछि मगर युवाहरुले यसको संरक्षणमा ध्यान दिएका हुन् ।

निसी गाविस भल्कोट वडा नं ९ का मगर युवाहरुको सहभागितामा भल्कोट मगर बाजा समुह गठन गरी पञ्चेबाजालाई व्यवसायिक रुपमा समेत प्रयोगमा ल्याएका छन् ।

गाउँ घरमा हुने विवाह, ब्रतबन्धदेखि लिएर अन्य कार्यक्रमहरुमा समेत पञ्चेबाजाको माग हुने गरेको भएपनि दमाई समुदायले यो पेशालाई व्यवसायीक रुपमा अगाडि बढाउँन नसक्दा आफुहरु यसतर्फ लागेको भल्कोट मगरबाजा समुहका संरक्षक बिरवल घर्ती मगरले बताए ।

मङ्सिर देखि भल्कोट बाजा समुह गठन गरि बाजा बजाउन सुरु गरेपछि स्थानियलाई सहज भएको उनको भनाई छ ।

पहिले दलितहरुले मात्र बजाउने भएकाले उनिहरुको माग अनुसारको रकम दिनुपथ्र्यो अहिले सजिलो भएको स्थानियको भनाइ छ ।

मगर युवाहरुले बाजा बजाउन थालेपछि गाउघरमा बिवाह, बतब्रध गर्न सजिलो भएको मगरको भनाई छ । सुरु सुरुमा निशुल्क रुपमा बजाउने गरेका उनिहरुले अहिले भने स्थानियले केहि रकम दिने गरेको बताउछन । हालसम्म उनिहरुले करिब १ लाखभन्दा बढि संकलन गरिसकेका छन् । हामीले यति दिनुपर्छ भनेर भन्दैनौ । आफुखुसी १५ हजार देखि २० हजार सम्म दिन्छन् संरक्षक मगरले भने मङ्सिर देखि सुरु गरिएको यो अभियानलाई पुस्तौ पुस्ता सम्म संरक्षण गर्दै लैजान्छौँ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *