ढोरपाटन महोत्सव : सांगीतिक कार्यक्रममा सिसाखानीको लोपोन्मुख घाटु नाँचको प्रदर्शन सुरु !

दिनेश शर्मा बुर्तिवाङ २०७५ बैशाख ७ । ढोरपाटन महोत्सवको मन्चमा यतिबेला सांगीतिक कार्यक्रम सुरु भएको छ ।

कार्यक्रममा बडीगाड गाउपालिका ३ सिसाखानीको समूहले वडाध्यक्ष खडक पुनको अगुवाईमा घाटु नाँच प्रदर्शन गरिरहेको छ । घाटु नाँच लोपोन्मुख अवस्थामा रहेकोले यसको संरक्षण आवश्यक रहेको आवाज उठिरहेको छ ।

घाटु नाँच हेर्न ठुलो जनसमूह उपस्थित भएको छ भने मन्चमा सांसद ज्ञानकुमारी छन्त्याल, ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपाली, बडीगाड गाउपालिकाका अध्यक्ष मेहरसिँह पाईजा, इलाका प्रशाशन कार्यलय प्रमुख जनक थापा, इलाका प्रहरी कार्यालय का प्र नि कृष्ण राना लगाएत बाट अबलोकन भैरहेको छ ।

प्रस्तुत छन केहि तस्वीरहर

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *