महिलाको आयआर्जनका लागि तीन दिवसीय पुष्पखेती प्रशिक्षण तालिम !

पोखरा, २०७५ बैशाख ७ । महिलाहरुको आय आर्जनका लागि तीन दिवसिय पुष्प खेति विषयक तालिम पो.ले.मा.न.पा वडा न.३० को सहयोग र ब्रह्माकुमारी राजयोग प्रशिक्षण केन्द्र शिशुवा शाखाको अयोजनमा पहिलो उद्घाटन सत्र आज ओम् शान्ति भवन शिशुवामा ब्रह्माकुमारी सविताको सभापतित्वमा भयो ।

सो अवसरमा सहभागीहरुलाई प्रशिक्षण दिदै ब्रह्माकुमारी राजयोग प्रशिक्षण केन्द्र दमौलीका प्रशिक्षक ब्रह्माकुमार राजु खड्काले कुनै पनि कार्यमा सफलता हासिल गर्नको लागि साहास,प्रतिज्ञा,रचनात्मकता र सकारात्मक सोचको आवश्कता पर्ने विचार व्यक्त गरे ।

शुभ कामना मन्तव्य पो.ले.मा.न.पा वडा न. ३० का वडा अध्यक्ष श्रीराम पोखरेल, वडा सदस्य सोमलाल कडेल र रमा नेपालीले वतावरणलाई स्वच्छ राख्न एवम बेरोजगारी समस्यालाई समाधान गर्नका लागि यस किसिमका सिपहरु मानव जीवनको लागि सहयोगी हुने बताए । कार्यक्रमको संचालन ब्रह्माकुमारी रमाले गरेकी थिईन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *