प्रजातन्त्र दिवसका अवसरमा अन्तरमाबिस्तरीय बक्तृत्वकला प्रतियोगिता

खगेन्द्र विश्वकर्मा, बागलुङ २०७३ फगुन ७ । ६७ औँ प्रजातन्त्र दिवसको अवसरमा जिल्ला शिक्षा कार्यालय बागलुङको आयोजनामा सदरमुकाम केन्द्रित प्रजातन्त्र र निर्वाचन विषयक अन्तरमाध्यमिकस्तरीय वतृत्वकला प्रतियोगिता शुत्रवार सम्पन्न भएको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले

प्रजातन्त्रको सुन्दर पक्ष निर्वाचन भएको र यही विषयमा अन्तर माध्यामिक विद्यालय स्तरीय वतृत्व कलाले विद्यार्थीहरुमा प्रजातन्त्र र निवार्चनको बारेमा ज्ञान हुने बताए । उनले बोल्ने कलाको बारेमा ज्ञान हुने भएकोले यस्तो वतृत्वकलात्मक कार्यक्रमहरु सबै विद्यालयहरुले संचालन गर्न आवश्यक रहेको प्रजिअ पाण्डेले बताएका थिए ।

प्रजातन्त्र र निवार्चन विषयमा विभिन्न विद्यालयका १० जना विद्यार्थी सहभागी भएका थिए । सहभागी हुनेमा मिनु सापकोटा सिद्धार्थ सदन, अमृत शर्मा चिल्द्रेन लाइफ, एलिना क्षेत्री, विद्यामन्दिर मावि, नविना थापा रुद्रे पिपल मावि, अरुण सापकोटा धौलागीरी माध्यामिक विद्यालय,सिर्जन सापाकोटा अमृत आदर्श मावि, सन्देश किसान मूलपानी माध्यामिक विद्यालय,सविना खत्री लहरे पिपल माध्यामिक विद्यालय, प्रभा केसी युएस ऐकेडिमी, प्रविना कार्की कालिगण्डकी माध्यमिक विद्यालयबाट कक्षा ९ देखी १२ कक्षा सम्मका विद्यार्थी सहभागी भएका थिए । कार्यक्रम स्थानिय विकास अधिकारी रामप्रसाद आचार्यको अध्यक्षता स्रोत व्यक्ति रामानन्द कडेलको स्वागत र विद्यालय निरिक्षक श्री कृष्ण राज रेग्मीको संचालनमा सम्मन्न भएको थियो । सहभागीलाई पुरस्कारको व्यवस्था गरिएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *