ढोरपाटन महोत्सव : रु . १,०१,१११ राशीको पुरुष भलिबल प्रतियोगिता मणिमुकुन्द सेन टिमले जित्यो !

दिनेश शर्मा बुर्तिवाङ २०७५ बैशाख ७ । बुर्तिवाङ बजारमा जारी प्रथम ढोरपाटन महोत्सवको आकर्षणको पुरुष भलिबल प्रतियोगिता बुटवलको मणि मुकुन्दसेन टिमले हात पारेको छ । भरखर सम्पन्न भलिबल प्रतियोगितामा मणिमुकुन्दसेन टिमले प्रतिष्पर्धी निसीखोला २ जुग्जाखोला टीमलाई लगातार तीनै खेल जितेर पराजीत गरेको हो ।

प्रथम हुने मणि मुकुन्दसेन टिमले रु १ लाख १ हजार १ सय ११ रुपयाँ पुरस्कार ट्रफी प्रमाण पत्र प्राप्त गर्ने छ ।

निसीखोला- २ जुग्जाखोला टिमले दोश्रोमा चित्त बुझाउनु परेको छ भने तेश्रो स्थानमा ढोरपाटन नगरपालिका टिम पहिले नै बिजयी भैसकेको छ ।

प्रतियोगितामा दोश्रो स्थान प्राप्त गर्ने निसीखोला २ जुग्जा खोलाले रु ७०,७७७ र र तेश्रो स्थानमा चित्त बुझाएको ढोरपाटन टिमले रु ३०,३३३ प्राप्त गर्ने छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *