पर्वत जिल्लामा ९९ प्रतिशत अपराधिक घटनाहरुमा प्रहरीलाई सफलता– प्रनाउ घिमिरे

महेन्द्र केसी, पर्वत २०७५ बैशाख ७ । पर्वत जिल्लामा शान्ति सुरक्षाको अवस्था सामान्य रहेपनि अपराधिक घटनाहरु भने धेरै भएको प्रहरी नायब उपरीक्षक दिलिप घिमिरेले बताएका छन् । जिल्लामा हुने गरेका अपराधका घटनाहरु मध्ये ९९ प्रतिशत घटनामा प्रहरीले सफलता हासिल गरेको उनले बताए ।

जिल्लाको एक रेडियोलाई दिएको अन्तरबार्तामा उनले जिल्लाको अबस्था अपराधी घटना बढिनै रहेता पनि प्रहरीको निगरानीका कारण अपराध गर्नेहरु प्रहरीको फन्दामा परेको बताए ।

जिल्लामा घरेलु मदिराका कारण घरेलु हिंसाका घटनाहरु बढेको समेत उनले बताए । घरेलु मदिरा नियन्त्रण अभियान अन्तरगत घरेलु मदिरा नियन्त्रण गरे पनि अब त्यसको विकल्पका रुपमा उत्पादन गर्ने व्यक्तिहरुलाई स्थानीय जनप्रतिनिधिहरुसँग समन्वय गरेर अन्य रोजगारीको बातबरण तयार पारी मदिरा उत्पादनलाई व्यवस्थित बनाउने पहल भैरहेको समेत उनले बताए ।

घरेलु मदिरा नियन्त्रणमा स्थानीयबासीको सहयोग र साथ रहेको समेत उनले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *