रुकुमको काँक्रेबाट बुर्तिवाङ-बागलुङ हुँदै सिधा काठमाडौ डिलक्स बस सेवा सञ्चालन !

बिमल खड्का, बुर्तिवाङ २०७५ बैशाख ७ । बुर्तिबाङ ढोरपाटन यातायात व्यवसायी संघ र सिस्ने हिमाल वस तथा मिनि वस यातायात व्यवसायी समितिको संयुक्त व्यवस्थापनमा मिति २०७५ वैशाख ५ गते बाट पुर्वी रुकुमको काक्री देखि बुर्तिबाङ , बागलुङ हुदै काठमाण्डौ सिधा डिलक्स वस सेवा सञ्चालन भएको छ । बस सेवाको पुर्वी रुकुम जिल्ला भुमे गाउँपालिका वार्ड नं। २ का वडा अध्यक्ष नरबहादुर बुढाले उद्घाटन गरेका हुन् । समितिले भाडादर प्रति यात्रु १ हजार ९ सय तोकोको छ ।
बस रुकुमको काक्रीबाट विहान ११ वजे र काठमाण्डौबाट दिनको ४.३० वजे छुटने बताईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *