दाजुले भाईलाई पुष्पाहारव्दारा स्वागत अभिनन्दन गर्दा भाई मख्ख !

प्रेम सुनार, गुल्मी, बैशाख–७ । आफ्नै सहोदर दाजु र भाई कहाँ भन्न पाईन्छ र सरकारी मर्यादाका सामु ? गुल्मीको ईस्मा गाउँपालिका साविकको दोहली गाविसका एक समय सामन्य परिवारका स्वर्गिय भिमबहादुर बिष्टका ५ भाई छोराहरु यति बेला कोही पत्रकारितमा ,कोही शैक्षिक क्षेत्रमा त कोही राजनैतिक क्षेत्रका हस्ती छन् । ति हँस्ती मध्ये जेठा दाजु लक्ष्मण बिष्ट ईस्मा गाउँपालिका प्रमुख छन भने साईला भाई गोकर्णराज बिष्ट यति वेला संघिय सरकारका मन्त्री छन् ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री भएको अवसरर्मा ईस्मा गाउँपालिकाले आयोजना गरेको सम्मान कार्यक्रममा दाजु विष्टले भाईलाई शिर निहुराएर अभिनन्दन जाहेर गरे । तर परिवार र सार्वाजनिक मर्यादक्रम फरक छ । त्यसको केहि वेर अघि झण्डा फर्फराउँदै घर ओर्लिएका मन्त्री विष्टले दाजुलाई शिर निहुराएर ढोग–दर्शन टक्राएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *