बरेङ बजारमा बैशाख १५ गते कराते खेल संचालन गरिने

प्रकाश छन्त्याल, बरेङ २०७५ बैशाख ७ । बरेङ गाँउपालिका युबा खेलकुद बिकास समिती बरेङ बागलुङको आयोजना र जापान गोजुरियो कराते डो केन्वाकाई नेपाल संघ बागलुङ शाखाको प्राबिधिक सहयोगमा कराते खेल संचालन हुने भएको छ ।

भिजन २०२० राष्ट्रिय गौरव तथा स्वस्थ नागरिकहरुको लागी नियमित खेलकुद भन्ने मुल नाराको साथ बरेङ गाँउपालिकाको बरेङ बजारमा यहि बैशाख १५ गते देखी कराते खेल संचालन हुने बरेङ गाँउपालिका युबा खेलकुद बिकास समिती बरेङ बागलुङका कराते खेल संयोजक हिरा पुनले जानकारी दिए ।
कराते खेलमा भर्ना हुन चाहनेहरुका लागी भर्ना फारम सामुदायिक रेडियो बिहानी बरेङको कार्यलय र आस्ना फेसन हाउस बरेङ बजारमा उपलब्ध भएको आयोजकले जानकारी गराएको छ ।

समितिले गाउँपालिका स्तरीय पुरुष तथा महिला खेलाडी छनोट भलिबल खेल बैशाख ४ र ५गते सम्पन्न गरि सकेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *