किसिमकोटको शारदा माबिमा फुलमाला टिकासहित नयाँ बिद्यार्थीको स्वागत

प्रकाश छन्त्याल, बरेङ २०७५ बैशाख ७ । बरेङ गाउँपालिका ३ बाटाकाचौरमा रहेको शारदा माध्यमिक विद्यालयले बिहीवार एक कार्यक्रमका बिच शैक्षिक सत्र २०७५ मा भर्ना भएका सम्पुर्ण विद्यार्थीहरुलाई स्वागत गरेको छ । नयाँ विद्यार्थीहरुलाई विद्यालयका प्रध्यानाध्यापक देविदत्त पौडेलले फुलमाला टिकासहित स्वागत गरेका छन् ।

कार्यक्रममा प्रअ पौडलेले शैक्षिक स्तर गुणस्तर वृद्धि गराउनका लागि विद्यार्थी, शिक्षक , अभिभावक, व्यवस्थापन समितिलाई आह्वान समेत गरे ।
विद्यार्थीले आचारसंहिता पालना गरी अध्ययन गर्नुपर्ने र उनीहरुमाथि पनि कसैले खेलवाड नगरी पढने वातावरण मिलाई विद्यार्थीको उज्जवल भविष्य निर्माणका लागि सहयोग गर्न शिक्षक लिला पौडेलले आग्रह गरेका थिए ।

कार्यक्रम प्रअ पौडेलको अध्यक्षता शिक्षक गोकर्णराज न्यौपानेको स्वागत मन्तव्य र चेतनाथ पौडयालको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *