नेबि संघको स्थापना दिवसमा गल्कोटमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न !

गल्कोट २०७५ बैशाख ६ । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले आफ्नो स्थापना दिवसको अवसरमा आज शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल बिद्यार्थी संद्य गलकोट बहुमुखी क्यापसले ४९ औ स्थापना दिवसको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रममा बौल्दै स्वतन्त्र बिद्यार्थी युनियन गल्कोट बहुमुखी क्यापसका सभापति गुमानसिह भण्डारीले नेपाल बिद्यार्थी संघले कार्यलाई सबैले अनुशरण गर्नुपर्ने बताए ।
उनलेै नेपालको बिद्यार्थी आन्दोलनमा अग्रणी भुमिकामा रहेको नेबिसंघ एक ऐतिहासिक संगठन भएको बताए ।

नेपाल शिक्षक संघका संघिय सदस्य देबेन्द्र बहादुर खत्रीले राजा महेन्द्रले लोकतान्त्रिक योद्धाहरुलाई जेल हालेको बताउदै महेन्द्रको एक दलिय पंचायत विरुद्ध लड्नका लागि नेपाली काग्रेसले विद्यार्थी वर्गलाई संगठित रुपमा अगाडी बढाउन नेपाल विद्यार्थी संघको स्थापना गरेको बताए ।

सधै लोकतन्त्र र क्रान्तिको प्रयायवाची वन्दै आएको ने.वि. संघ देशमा भएका विभिन्न राजनीतिक एवं शैक्षिक परिवर्तनको नेतृत्व लिदै २०४६ र २०६२÷०६३ को लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमिकामा रहेको समेत खत्रीले बताए ।

कार्यक्रममा गल्कोट बहुमुखी क्यापस ब्यवस्थापन समितिका अध्यक्ष मुकुण्दसिह भण्डारी, नेपाल बिद्यार्थी संघ जिल्ला सदस्य वीरजङ भण्डारी, नेपाल टे«ड युनियन काग्रेस प्रदेश नम्बर ४ का सहसचिव हरिप्रसाद चालिसे, नेपाली काग्रेस गलकोट नगर सहसंयोजक ढालिन्द्रप्रसाद गौतम, गलकोट बहुमुखी क्यापसका प्रध्यापक नवराज गौतम, नेपाल बिद्यार्थी संघ गलकोट बहुमुखि क्यापसका सदस्य टंक भण्डारी लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रम नेपाल बिद्यार्थी संघ गलकोट बहुमुखी क्यापसका अध्यक्ष अर्जुन खत्रीको अध्यक्षता, रोशन खड्काको स्वागत मन्तब्य र सचिव धुर्व सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *