टेलिकमले सेवाग्राहीलाई क्षतीपूर्ति दिने ईतिहासमै पहिलो फैसला !

पोखरा २०७५ र्बशाख ६ । पोखराका एक पत्रकारले नेपाल टेलिकमले समयमै टेलिफोन जडान नगरिदिएपछी केहि दिन पहिले एक लाख रुपयाँ क्षेतिपूर्तिको माग दाबी गर्दै जिल्ला क्षेतीपूर्ति समितिमा उजुरी दिएका थिए ।

यसरी क्षेतीपूर्तिका माग दाबी गर्दै उजुरी गर्ने पत्रकार अपील त्रिपाठीले एक लाख क्षेतीपूर्ति त पाएनन् तर उनको उजुरी माथी रु ५ हजार क्षेतीपूर्ति भराउने फैसला चाहीँ भयो । यसबारे आज पत्रकार सम्मेलनगरी उपभोक्ता मञ्च कास्कीले जानकारी गरायो ।

मञ्चका अध्यक्ष कपिलनाथ कोइरालाले नेपाल टेलिकमको इतिहासमै पहिलोपटक यस्तो घटना घटेको जनाए ।

उक्त फैसला चित्त नबुझे ३५ दिनभित्र दुवै पक्ष उच्च न्यायलय जान सक्ने व्यवस्था छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *