ढोरपाटन महोत्सवको आज छैठौँ दिन, विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरु जारी !

डम्मर बुढा मगर बुर्तिबाङ, २०७५ बैशाख ६ । पश्चिम बागलुङ स्तरीय कृषि, पर्यटन, औधोगिक व्यापार मेला तथा प्रथम ढोरपाटन महोत्सवको आज छैठौँ दिन विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरु तथा साँस्कृतिक कार्यक्रम भएका छन् ।

आज राष्ट्रिय सिएच आईटि एफ टेक्वान्डो प्रतियोगिता, ताराखेल प्रतियोगिता, महिला तथा पुरुष भलिबल प्रतियोगिता लगाएत अन्य प्रतियोगितात्मक कार्यक्रमहरु भएका छन् ।

राष्ट्रिय सिएच आईटि एफ टेक्वान्डो प्रतियोगितामा १२ जिल्लाका करिब ३ सय खेलाडीहरु उपस्थित भएका छन् । कार्यक्रमलाई सभ्य र भव्य बनाउनको निम्ती निसीखोला, तमानखोला, बडिगाड, ढोरपाटन क्षेत्र तथा अन्य जिल्ला पाल्पा, स्याङ्जा, गुल्मी, कास्की, लगाएतका स्थानहरु बाट मेला भर्ने दर्शकहरुको भिड लागेको थियो ।

कार्यक्रममा हाँस्य कलाकार मनोज गजुरेलले दर्शकहरुलाई पेट मिचिमिचि हँसाएका थिए भने, गायक संजिव सिंह राना, मोडल सगुन थापा, तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतीले दर्शकहरुलाई भरपुर मनोरञ्जन दिएको थियो ।

गत बैशाख १ गतेदेखि सुरु भएको यो महोत्सव यही ७ गते अर्थात भोली सम्पन्न हुने आयोजकले जनाएको छ ।

चर्चित हास्य कलाकार मनोज गजुरेलको हाँसो … दिपक पराजुली, बुर्तिवाङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *