बुधवार ढलेको ‘गल्कोट प्रवेश व्दार’को सरोकारवालाव्दारा स्थलगत अबलोकन !

गुमानसिँह भण्डारी, गल्कोट २०७५ बैशाख ६ । हिँजो बुधबार दिउँसो ढलेको गल्कोट प्रवेशव्दारको गल्कोट समाज जापानका बरिष्ठ उपाध्यक्ष दिलु खत्रीले स्थलगत अवलोकन गरेका छन् । गलकोट समाज जापानको आर्थिक सहयोग र गल्कोट समाज गल्कोटको स्थानिय ब्यवस्थापनमा गल्कोट नगरपालिका र काठेखोला गाउपालिकाको घोडाबाधे भ्यु टावरमा निर्माण गर्दै गरेको गल्कोट प्रवेशव्दार बुधबार दिउसो एक्कासी ढलेपछि खत्रीले आज स्थगत रुपमा अवलोकन गरेका हुन् ।

निर्माण कम्पनिका ठेक्दार वीरजङ भण्डारीले प्रवेशव्दार ईन्जिनिरको स्टिमेट अनुसार निर्माण गरिएको र आर्क ढलान गर्दा ईन्जिनिर नहुदाँ कर्मचारीले एक्कासी ढलानको काम गरेका कारण प्रवेशव्दार ढलेको बताए । भण्डारीले यसमा आफनो कम्पनी पूर्ण रुपमा जवाफदेही हुने भन्दै यसलाई ईन्जिनिरको स्टिमेट अनुसार निर्माण कार्य सम्पन्न गरि समाजलाई हस्तान्तरण गर्ने बताए ।

सो अवसरमा गलकोट समाज जापानका बरिष्ठ उपाध्यक्ष खत्रीले निर्माण कार्य सञ्चालन भईरहेको प्रवेशव्दार ढल्नु आफैमा दुखद बिषय भएको भन्दै मानवीय क्षति नभएकोमा सन्तोष ब्यक्त गरे । खत्रीका अनुसार प्रवेशव्दार निर्माणका लागी सामाग्रीहरु गुणस्तरीय हुदाँ हुदै पनि भत्किनु ठेकदारको कमजोरी भएको बताए । उनले निर्माण कम्पनीलाई तत्काल पहिलेको ईन्जिनियरलाई हटाई नयाँ ईन्जिनियरलाई स्टिमिट निकाल्न लगाई काम सुरु गर्न निर्देशन पनि दिए । भत्किएको भागलाई २, ३ दिनभित्रै ब्यवस्थापन गर्न खत्रीले आग्रह समेत गरेका छन् ।

त्यस्तै गलकोट समाज गलकोटका सचिव देबेन्द्र बहादुर खत्रीले आफनो समाजले दिएको स्टिमेट भन्दा प्रवेशव्दार निर्माण कार्य केहि फरक भएका कारण भत्किएको दाबी गरे । खत्रीले भत्किएको आर्क र एक साईडको पिल्लर समाजले दिएको स्टिमेट अनुसार निर्माण गर्न आग्रह गरेका छन । आर्क भत्किदा एक साईडको एउटा पिल्लर समेत ढल्केको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *