प्रवास : ‘नयाँ वर्ष शुभकामना साँझ’मा सांगीतिक प्रस्तुति दिन चर्चित कलाकार क्षेत्री लण्डन आउने !

लण्डन, २०७५ बैशाख ६ । आउदो शनिवार २३ अप्रिलका दिन लण्डनमा आयोजना हुने ‘नयाँ वर्ष शुभकामना साँझ’मा सांगीतिक प्रस्तुति दिन पर्वतका चर्चित कलाकार बिमलराज क्षेत्री लण्डन आउने भएको पर्वत वेलफेयर सोसाईटी युकेका अध्यक्ष दधि आचार्यले ईबागलुङलाई बताएका छन् । अध्यक्ष आचार्यले कलाकार क्षेत्री सोसाईटीले निमन्त्रणामा लण्डन आउन लागेको पनि बताए ।

उक्त कार्यक्रममा चर्चित कलाकारहरुका साथ डिनर, डान्स र डिजेबाट भरपुर मनोरन्जन प्रदान गरिने जानकारी दिदै आचार्यले सबैलाई सहभागी भएर शुभकामना आदानप्रदान तथा मनोरन्जन लिन आव्हान समेत गरेका छन् । कार्यक्रममा नेपालकै अर्का राष्ट्रिय कलाकार रमेशराज भट्टराईले समेत साथ दिने अध्यक्ष आचार्यले बताए ।

कार्यक्रममा मिस नेपाल यूके २०१७ सिर्जना गुरुङ (पर्वत), व्यवसायी 
रवि लामिछाने, मेजर धीर पुन, मेजर तथा डाक्टर जगनाथ शर्मा, एनआरएनए केन्द्रिय उपाध्यक्ष कुल आचार्य, ग्लोवल पर्वतका अध्यक्ष पुरन गिरी, समाजसेवी चन्द्रबहादुर गुरुङ, मिठुलाल विश्वकर्मा, पत्रकार तथा व्यवसायी हरिकाजी गुरुङ, अभिनेता ध्रुव दत्त, व्यवसायी गोलमान गुरुङ आदिलाई सम्मान गरिने सोसाइटीले जनाएको छ । उक्त कार्यक्रमको संयोजन सन्जिव गरूङले गरेका छन् ।

अध्यक्ष आचार्यको नेतृत्व सोसाईटीले नेपालमा धेरै कल्याणकारी कार्यहरु गर्दै आएको छ ।

गायक क्षेत्रीको गीत भिडियोमा

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply