आजको तस्वीर : सबैको आँखा एकै ठाम !

शब्द/ चित्र : झरना कँडेल
बुर्तिवाङ २०७५ बैशाख ६ । बुर्तिवाङ बजारमा जारी पहिलो ढोरपाटन महोत्सव २०७५ को समापन भोलि अर्थात बैशाख ७ गते शुक्रबारका दिन हुँदैछ । महोत्सवको पहिलो दिनलाई छोड्ने हो भने महोत्सवमा सबैको आकर्षणको केन्द्र साँगीतिक प्रस्तुति नै रह्यो । सबैका आँखा एकै ठाममा केन्द्रित रहेको कार्यक्रम थियो, साँगीतिक प्रस्तुति

दर्जन बढी चर्चित लोक दोहोरी कलाकारहरुको बेजोड प्रस्तुति, नृत्यांगनाहरुको अंग प्रदर्शन, लोकदोहोरी गीतको मीठासले दर्शकहरुको मन लोभ्याएरै छोड्यो । खासगरी हिँजो बैशाख ५ गते साँझको सांगीतिक प्रस्तुति चर्चामा रह्यो ।

त्यसका केहि तस्वीरहरु

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *