उत्तरगंगा जलाशय युक्त विद्युत परियोजना बागलुङमै बनाउन जनता सचेत हुन मन्त्री बिष्टको आग्रह !

कमल पौडेल, बागलुङ (खर्वाङ) २०७५ बैशाख ६ । बागलुङ जिल्लाको ढोरपाटनमा निर्माणाधीन उत्तरगंगा जलाशययुक्त बिद्युत परियोजनालाई लिएर पछिल्लो समय संशय उत्पन्न भैरहेको अवस्थामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले उत्तरगंगा जलासय युक्त विद्युत परियोजना बागलुङमै वन्नु पर्ने वताएका छन् ।

नेकपा एमालेका केन्द्रिय सचिव समेत रहेका विष्टले बुधवार साँझ बागलुङको खर्वाङमा अगुवा कार्यकर्ताहरुलाइ सम्बोधन गर्दै सो कुरा वताएका हुन् ।
परियोजना बागलुङ तर्फ संचालन गर्ने कि रुकुम तिर गर्ने भन्ने विषयमा विवाद भैरहेको चर्चा गर्दै विष्टले जनता समेत सचेत हुन आग्रह गरेका छन् । उनले भने सो परियोजना बागलुङ र रुकुमको भागमा रहेको ढोरपाटनमा जलासय निर्माण गरि बागलुङको निसीमा विद्युत गृह मार्फत उत्तरगंगाको पानी वडीगाडमा खसाली सम्पन्न हुँदा गुल्मी बागलुङका जनताले थप सुविधा पाउने छन् ।

त्यस्तै विष्टले एमाले माओवादी एकताको विषयमा शंका नगर्न कार्यकर्तालाई आग्रह गरेका छन् । ‘केहि दिन ढिलो हुन सक्छ तर पार्टी एकता हुन्छ’ विष्टले भने ‘जनताले एकतालाई अनुमोदन गरिसकेकोले पछि हट्ने कसैलाई छुट छैन।’

कार्यक्रममा प्रदेश सांसद खड्क केसी, जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु भुसाल, नेकपा माओवादी गुल्मी जिल्ला अध्यक्ष वीर वहादुर कार्की, मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटा, वडीगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजा, मदाने गाउँपालिकाका अध्यक्ष दान वहादुर केसी, नेकपा एमाले संघिय मामिला तथा स्थानिय विकास विभागका केन्द्रिय सदस्य सुनिल शेरचन लगाएतको सहभागिता रहेको थियो ।
कार्यक्रममा जनगायक जीवन शर्माले विभिन्न जनवादी गीतहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रम नेकपा एमाले वडा संगठन कमिटि बडीगाड गाउँपालिका २ का अध्यक्ष दिन वहादुर केसीको अध्यक्षता, जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु भुसालको स्वागत मन्तव्य तथा कमल पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *