मुलुकलाई धरापमा पर्न बाट जोगाउन लोकन्त्रबादी शक्तिहरुले बिशेष भुमिका निर्वाह गर्नु आवश्यक- पौडेल

कोपिला कंडेल, बागलुङ २०७५ बैशाख ६ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रियतालाई मजबुद बनाउने काम कांग्रेसले मात्र गरेको दाबी गरेका छन् । नेपाल प्रेस युनियन बागलुङले आज बिहान बागलुङ बजारमा आयोजना गरेको पत्रकार भेटघाटका क्रममा बोल्दै यस्तो दाबी गरेका हुन् ।
पूर्व उपप्रधानमन्त्री पौडेलले हिमाल पहाड तराई मधेसलाई कांग्रेसले मात्र समेटेको बताउदै कसैलाई निषेध गरेर राष्ट्रबादी नबनिने बताए ।

लोकतन्त्रको उन्नती र प्रगतिको लागि सबैको मर्म र भावना अनुरुप अगाडी बढ्नुपर्छ भन्दै नेपाली काँग्रेसका बरीष्ठ नेता पौडेलले अख्तियार अदालत, मानवअधिकार सम्बद्ध सघंसंगठन कमजोर बन्दै गएको उल्लेख गर्दे पछिल्लो समय संबैधानिक संस्था र लोकतन्त्र कमजोर बन्दै गएको बताए ।

उनले लोकतन्त्रको रक्षा र बिकास बिना मुलकमा दिगो शान्ति स्थापना हुन सक्दैन भन्दै चुनिएको संस्था मात्र सरकार नभएको बताए । बर्तमान परिवेसमा संघियताको सहि कार्यान्वय हुनुपर्ने चर्चा गर्दै उनले संघियता असफल भए मुलुकमा अस्थिरता पैदा हुने धारणा ब्यक्त गरे । पौडेलले कांग्रेसले अव संघियता अनुसारको बिधान र बिधान अनुसारको पार्टी संरचना तायर गर्ने स्पष्ट पारे ।

मुलुकमा बामपन्थी शक्तिले बिभिन्न नाटक मञ्चन गरेको भन्दै कांग्रेस नेता पौडेलले मुलुकलाई धरापमा पर्न बाट जोगाउन लोकन्त्रबादी शक्तिहरुले बिशेष भुमिका निर्वाह गर्नुपर्ने बताए ।

कार्यक्रम नेपाल प्रेस युनियन बागलुङ शाखाका कार्यबाहक अध्यक्ष प्रदिप पन्तको अध्यक्षता, सहसचिव सुवास आचार्यको स्वागत मन्तब्य र सचिव संगम घर्तिको संचालनमा सम्पन्न भएको थियो ।

हिँजो बागलुङ बागलुङ बजारमा आयोजित पार्टी कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सहभागी हुन काँग्रेसका बरीष्ठ नेता पौडेल बागलुङ आएका हुन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *