पत्रकार पौडेललाई एक लाख राशीको खोजी पत्रकारिता पुरस्कार !

बागलुङ २०७५ बैशाख ५ । पत्रकार दिलीप पौडेललाई एक लाख रुपैयाँ राशीको बारबरा एडम्स खोजी पत्रकारिता सम्मान प्रदान गरिने भएको छ । बारबरा एडम्स खोजी पत्रकारिता सम्मान, निर्णायक समितिको बैठकले बागलुङको जैमिनी नगरपालिका वडा नं ८ छिस्तीका पत्रकार पौडेललाई एक लाख एक रुपैयाँ राशीको खोज पत्रकारिता पुरस्कार दिने निर्णय गरेको बारबरा फाउन्डेसनले जनाएको छ । यो पुरस्कार नेपालको पत्रकारिता क्षेत्रको सबैभन्दा ठूलो राशीको पुरस्कार हो ।

बागलुङबाट पत्रकारिता सुरु गरेका पौडेल अहिले नागरिक दैनिक काठमाडौंमा कार्यरत छन् । पौडेलले नेपाल आयल निगम लगायत भ्रष्टाचार सम्बन्धित खोजमूलक समाचार उत्कृष्ट भएको हो । उक्त सम्मान आगामी मंगलबार लोकतन्त्र दिवस तथा स्वर्गीय बारबरा एडम्सको जन्मजयन्तीको अवसर पारेर आयोजना गरिने विशेष समारोहमा पूर्व राष्ट्रपति डा. रामवरण यादवले प्रदान गर्ने बारबरा फाउण्डेसनले जनाएको छ ।

पत्रकार तथा लेखिका बारबरा एडम्सले खोजी पत्रकारिताको संस्थागत विकासका लागि १० लाख राशीको अक्षयकोष स्थापना गरेकी थिइन् । यो पुरस्कार सन् २०१६ देखि प्रदान गर्न थालिएको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *