मुक्तक : अजम्बरी चोखो माया छुटाएर गल्ती ग-र्यौ …

दु:खी माथी जटिल प्रश्न उठाएर गल्ती गर्यौ
अजम्बरी चोखो माया छुटाएर गल्ती गर्यौ ।
समाज लाई बदल्नु थियो केहि गरेर देखाउन
आखिर गलत प्रमाणहरु जुटाएर गल्ती गर्यौ।
***
आशु भेलमा डुबेकि छु केथा तिमीलाई
भन के भो भन्छौ के भनौ खै बेथा तिमीलाई ।
सोध्न त बारबार सोधिरहेउ कस्तो छ भनी
ठिक छु भन्दै सन्देश पठाए त्यता तिमीलाई ।
***
असल साथी एउटा गिता देख्दैछु म
प्रेममा फस्ने मान्छेको अस्मिता देख्दैछु म।
जीवन को केहि परिभाषा नबुझ्नेहरु बाट नै
आज एकाएक गरि रमिता देख्दैछु म ।

*सबिता खत्री ‘जिज्ञासु’

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *