: ढोरपाटन महोत्सव दोहरी गीत प्रतियोगितामा पराजुली र खडकाको टीम फाईनलमा प्रवेश !

डम्मर बुढा मगर, बुर्तिबाङ, २०७५ बैशाख ५ । ढोरपाटन महोत्सवको आज पाँचौ दिन आज राष्ट्रिय सिएच आइटिएफ प्रतियोगिता, दोहोरी गित प्रतियोगिता, खुल्ला पुरुष भलिबल प्रतियोगिता, ताराखेल प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता र हाजिरीजवाफ प्रतियोगिता सञ्चालन भएका छन् ।
आज भएको दोहोरी गीत प्रतियोगितामा प्रकाश पराजुली र दिनेश खड्काको समूह फाइनलमा प्रवेश गरेको छ भने दिपक घर्तीको समूहले तृतीय स्थान हाँसिल गरेको छ ।

त्यस्तै, भलिबल प्रतियोगितामा निसीखोला गाउँपालिका—७ राजकुतलाई पराजित गर्दै मणिमुकुन्द भलिवल क्लव बुटवल अघिल्लो चरणमा प्रवेश गरेको छ ।
त्यस्तै कार्यक्रममा गायक तथा मोडेल दुर्गेश थापा, मोडेल सगुन थापा तथा स्थानीय कलाकारहरुले हजारौँ दर्शकहरुलाई मनोरञ्जन दिएका थिए ।
गत बैशाख १ गतेदेखि सञ्चालन भैरहेको महोत्सव बैशाख ७ गतेसम्म सञ्चालन हुनेछ ।

हिँजो भएको दोहोरी गीतको भिडियो ; योगेन्द्र विश्वकर्मा

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *