नगरपालिकामा सन्चालित निर्माण कार्यहरु असार मसान्त अगावै सम्पन्न गर्न निर्देशन !

प्रकाश छन्त्याल, कुस्मीसेरा २०७५ बैशाख ५ । बागलुङ जिल्ला जैमिनी नगर पालिकाको दोस्रो नगर सभा आज बाट सुरु भएको छ ।

नगर सभाले जैमिनी नगरपालिका आर्थिक कार्यविधी नियमित तथा व्यवस्थित गर्न बनेको ऐन २०७५ , प्रशासनिक कार्यविधी नियमित गर्ने ऐन २०७५, सहकारी एन २०७५, एफएम रेडियो व्यवस्थापन तथा संचालन कार्यविधी ऐन २०७५, बजार अनुगम निरदेशिका ऐन २०७५ र न्यायीक समितीले उजुरी कारवाही किनारा गर्दा अपनाउनु पर्ने कार्यविधीका सम्बन्धमा व्याबस्थापन गर्ने बनेको ऐन २०७५ सर्वसम्मतिले पारित गरेको छ । अन्य कार्यविधीर र ऐन माथी छलफलको लागि भोलि सभा संचालन गर्ने जनाइएको छ ।

नगरसभामा बोल्दै नगर प्रमुख ईन्द्रलाल पौडेलले समग्र नगरमा संचालित विकास निमार्ण कार्य असार मसान्त पूर्व नै सम्पन्न गर्न सवै जनप्रतिनीधीहरु र उपभोक्ता समितिहरुलाई निर्देशन दिँदै शिक्षामा गुणस्तर वृद्धि गर्दै सामुदायिक विद्यालयहरुमा विद्यार्थी ल्याउन विद्यार्थी भर्ना अभियान संचालनको लागि समेत आहवान गरेका थिए ।

नगर प्रमुख पौडेल र उपप्रमुख लिला रानामगरले सहजीकरण गरेको नगर सभाको सन्चालन प्रशासकीय अधिकृत विष्णु प्रसाद सुवेदीले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *