छिस्ती गाईथुन्ने बगरको कालीगण्डकी किनारमा मृत फेला परेकी महिला को होलिन ?

बागलुङ २०७५ बैशाख ५ । जिल्ला प्रहरी कार्यालय बागलुङले कार्यालयको आधारिकारिक फेसबुकमा पहिचान नखुलेकी एक जना महिलाको शवको तस्वीर पोष्ट गरी मृतकका आफन्त कोहि भए जिप्रका बागलुङमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार हिँजो बैशाख ४ गते साबिक छिस्ती गाविस २ हाल जैमिनी नगरपालिका ८ गाईथुन्ने बगरको कालीगण्डकी किनारमा पहिचान नखुलेकी करीब ३५ वर्ष उमेरकी महिला मृत अवस्थामा फेला परेपछी मृतक महिलाको सनाखत (पहिचान)को लागी सबैलाई अनुरोध गरेको बुझिएको छ ।

घटनास्थलमा पुगेको प्रहरी टोलीले मृतक महिलाको शवलाई पोष्टमार्टमका लागि धौलागिरी अन्चल अस्पतालको शव गृहमा राखिएको जनाउदै मृतकका आफन्त कोहि भए सम्पर्क गर्न अनुरोध गरेको उल्लेख गरेको छ ।

प्रहरीले दिएको मृतक महिलाको हुलिया यसप्रकार छ, रातोमा कालो सेतो धर्का भएको कुर्था , रातोमा कालो थोपा भएको अलादिन सुरुवाल , दायाँ हातमा नौं ओटा र बाँया हातमा एउटा रातो चुरा , घांटिमा एकसरो पोते , दुबै कानमा सानो ठुलो गरी ३र३ ओटा सुनको जस्तो देखिने पंहेलो मुन्द्रा , नाकमा सुनको जस्तो देखिने पहेंलो मुन्द्रा , बायाँ हातको माझी औंलामा पत्थर जडित पत्थर नभएको औंठी , कम्मरमा हरियो कपडाले मोडेको जन्तर ९बुटी० लगाएकी , छोटो नाक भएकी, मंगोलियन जस्तो अनुहार देखिने महिला ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *