बरेङमा महिला भलिबल खेलाडी छनौट खेल सम्पन्न !

प्रकाश छन्त्याल, बरेङ २०७५ बैशाख ५ । बरेङ गाँउपालिका युबा खेलकुद बिकास समिती बरेङ बागलुङको गाउँपालिका स्तरीय महिला खेलाडी छनोट भालिबल कार्यक्रम सम्पन्न भएको छ ।

महिला खेलाडी छनोट भलिबल कार्यक्रम बुधबार बरेङ बजारमा सम्पन्न भएको हो । बरेङ गाउँपालिका च्याम्पियनशीप अन्तरगतको महिला भलिबल खेलमा वडा नम्बर १ धुल्लु बास्कोट र वडा नम्बर २ हुग्दिशिर गरि २ टिमको सहभागिता रहेको थियो । वडा नम्बर १ धुल्लु बास्कोट र वडा नम्बर २ हुग्दिशिरका बिच भएको खेलमा वडा नम्बर १ धुल्लु बास्कोट बिजेता, वडा नम्बर २ हुग्दिशिर उप बिजेता हुन सफल भएका छन ।

यो बर्ष २०७५को बरेङ गाउँपालिका च्याम्पियनसिप पुरुष तर्फको उपाधी वडा नम्बर २ हुग्दिशिरले प्राप्त गरि सकेको छ ।

आज भएको महिला भलिबल खेल बरेङ गाउँपालिका युवा खेलकुद बिकास समितिका सदस्य अशोक पुनको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *