गायक संजय किशोरको गीत “देखेर बोलाउन सकिन मैले ” (भिडियो सहित)

धेरै भो”, “रुमाल लुकाई लुकाई” ‘हुदौन कसैको मुटु’ जस्ता लोकप्रिय पप गीत मार्फत श्रोताको मनमा बस्न सफल गायक संजय किशोर केहि समयको अन्तराल पछि फेरी आएका छन् । इमोशन, की जस्ता चर्चित एल्बम निकाली सकेका संजयले फेरी स्रोता माझ नया गीत ‘देखेर बोलाउन सकिन मैले’ का साथमा जसलाई गीतकार कोमल सयपत्रीले रचना गरेका हुन् ।

गीतकार सयपत्रीका धेरै गीतहरु बिगतमा हेमन्त राना, धर्मेन्द्र सेवान, संजय किशोर लगायतका गायक गायिकाले स्वर दिसकेका छन् । गलत बुझाइले सम्बन्धमा पर्ने असरलाई कलात्मक तरिकाले शब्दमा बुनिएको छ ।

राम्रो सम्बन्ध भएको एउटा सामान्य गलत बुझाईले टाडिन्छ अनि पछि बाटोमा देखिन्छ त्यो बेला मनमा आउने कुरालाइ गीतमार्फत ब्यक्त गर्न खोजिएको छ । उक्त शब्दहरुलाई मेलोडिओस पप सैलिमा संगीतबद्ध गरेका छन् संगीतकर्मी बिजु बज्रले अनि ओझिलो स्वरमा गाएका छन् गायक संजय किशोर श्रेठले । गीतमा संगीत संयोजन स्वर्गीय संगीतकर्मी सुनिल बर्देवाको रहेको छ ।

प्रस्तुति:सचिन श्रेष्ठ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *