गल्कोट समाज जापानको सहयोगमा घोँडाबाँधेको धुरीमा निर्माणाधीन ‘गल्कोट व्दार’ ढल्यो !

गुमानसिँह भण्डारी, गल्कोट २०७५ बैशाख ५ । गल्कोट नगरपालिका र काठेखोला गाउपालिकाको बिहुँ घोडाबाँधेमा निर्माणाधीन व्दार केहि समय पहिले ढलेको छ ।

गल्कोट समाज जापानको रु १८ लाख सहयोगमा निर्माण भैरेहेको गेटको आर्क ढलान गर्ने क्रममा आर्क भाँच्चिएको गल्कोट नगरपालिका ३ का अध्यक्ष वीरजंग भण्डारीले ईबागलुङलाई बताए ।

गत मंसिर महिना देखी निर्माण सुरु गरिएको सो व्दारको आर्क ढलान कार्यजारी थियो अध्यक्ष भण्डारीले भने सवारी साधनहरुलाई आवत जावत गर्न कम्तीमा १४ मिटरको दूरीमा व्दारका पिलरहरुबाट आर्क बनाउन लाग्दा ढलेको हो ।

गल्कोट नगरपालिका प्रवेश गर्ने व्दार साबिक दुदिलाभागी गाविसमा बनिरहेको थियो र यसव्दारलाई सबैले गल्कोट व्दारको नामले चिन्दथे ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *