मुसिकोटो पौँदीमा नेपाली काँग्रेसको ५० दिने महाअभियान !

माधब खरेल, गुल्मी २०७८ बैशाख ५ । नेपाली काँग्रेस जिल्ला कार्य समिति गुल्मीको गाउँ जाउँ गाउँमै रमाउ भन्ने नारा साथ ५० दिने महाअभियान अन्तरगत आज मुसिकोट नगरपालिका वडा १ पौदीमा कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा क्षेत्रीय सदस्य मोहन घिमिरे, वडा सभापती दान बहादुर केसी, उपसभापती पूर्ण बहादुर हितान लगायत वडा भित्रका सदस्यहरुको उपस्थिती रहेको थियो।

आजको पशिक्षण अभियान अन्तर्गत पूर्व जिल्ला कार्य समितिका सदस्य बुद्धि खरेलले नेपाली काङ्ग्रेस गुल्मीको सङठन बिस्तार सशतिकरणका लागि जनतासंग नेपाली काग्रेसका मुल मान्यता साथ आधारमा पार्टीलाई गाउँ तह देखि जिल्ला तहका कार्यकर्ताहरुलाई सिद्धान्त नीति र बिचारमा प्रशिक्षित गर्दै जनतालाई उर्जाशील बनाउने महाअभियान लागिएको बताउदै अबको दिनमा नेपाली कांग्रेस सम्पुर्ण कियाशील सदस्य पार्टीलाइ अगाडी बढाउने काममा अग्रसर रहन समेत आग्रह गरेका थिए ।

साथै अभियानमा एक घर एक सदस्य अन्तरगत प्रत्येक मतदातालाई संगठनमा जोड्न र कियाशील बन्न समेत उनको आग्रह थियो । आज प्रारम्भ भएको कार्यक्रम ३ हप्ता सम्म चल्नेछ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *