यसै सत्रदेखी अँग्रेजी माध्यमबाट पठनपाठन नगराए तलब रोक्कागर्ने नगरप्रमुख नेपालीको चेतावनी !

झरना कँडेल, बुर्तिवाङ २०७५ बैशाख ५ । ढोरपाटन नगरपालिकाका नगर प्रमुख देबकुमार नेपालीले सरकारी बिद्यालयलाई अंग्रेजी माध्यम तथा बिभिन्न बिद्यालयमा सकारात्मक सुधार गर्न सके पढ्नका लागी बिभिन्न शहर पसेका बिद्यार्थीहरु गाउँ फर्कन सक्ने भएकाले नगरपालिका शिक्षक अबिभावक तथा बिद्यालय ब्यबस्थापन समिती लयागत सम्पुर्णले मन्दिरलाई भन्दा धेरै शिक्षालाई प्रथामिकता दिएर अगाडी बढ्नुपर्ने बताएका छन् ।

नगर प्रमुख नेपालीले नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका सामुदायिक बिद्यालयहरुको शैक्षिक गुणस्तर अभिवृद्धी सम्बन्धी प्र.अ तथा बिद्यलाय ब्यबस्थापन समितीका अध्यक्ष बिच भएको अन्र्तक्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

उनले यो शैक्षिक सत्रबाट सम्पुर्ण बिद्यालयमा अंग्रेजी माध्ययमबाट पठनपाठन गराउन निर्देशन दिँदै अटेर गर्ने बिद्यालयलाई तलब रोक्का लगायत अन्य कारवाही गर्ने बताए । सबैभन्दा बढी रकम शिक्षमा बिनियोजन गरेपनी शिक्षा क्षेत्रमा अझै अपुग भएकाले यसलाई छिटै ब्यबस्थापन गर्ने बताउदै दरबन्दी मिलानको कार्य पनि छिटै गर्ने विश्वास दिलाए ।

अन्तक्र्रियामा प्रमुख प्रशासकीय अधिकृत धन प्रसाद पोखरेलले शिक्षा सम्बन्धी नीति नियम तथा कार्यान्वयन बारे प्रकाश पार्दै सिँहंदरबारको अधिकार काम कर्तब्य सबै स्थानीय तहलाई आएको हुदा नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । साथै, नगरपालिकाको २८ करोड बजेट मध्ये १६ करोड शिक्षा क्षेत्रमा बिनियोजन गरिएकाले ती योजनाहरुलाई सहि तरीकाले सम्पन्न भएको छ की छैन भनेर बिहान ७ बजे देखी दिउसो २ बजेसम्म कार्यालयमा बसेर काम गर्ने २ बजे पछि योजना अनुगमनमा जाने बताए ।

कार्यक्रममा बिभिन्न बिद्यालयका प्रअ तथा बिद्यालय ब्यबस्थापन समितीका अध्यक्षहरुले दरबन्दी मिलान लगायत बिभिन्न समस्या तथा नबुझेको पक्षबारे जिज्ञाशा राखेका थिए ।

सोही अबसरमा बिद्यार्थी भर्ना अभियान अन्र्तगत आज बैशाख ५ गतेका दिन बुर्तिबाङ आसपासका बिद्यालयले बुर्तिबाङ बजारमा र अन्य स्थानका बिद्यालयले आफ्नो पायक पने्र्र स्थानमा प्रभातफेरी गर्ने , ढोरपाटन नगरपालिका र सामुदायिक बिद्यालयका प्रधानाध्यापक बिच भएको कार्यसम्पान सम्झौता कडाईका साथ लागु गर्ने, सामुदायिक बिद्यलायका प्रअ तथा बिद्यालय ब्यबस्थापन समितीले अबिभाबक भेलागरी बिद्यालय सुधार योजना निर्माणका लागी अन्र्तक्रीया गर्ने , बिद्यालय ब्याबस्थापन समिती गठन नभएका तथा समिती भएर म्याद समाप्त भएका बिद्यलायले ब्यबस्थापन समिती गठन गर्ने तथा बिद्यालयलाई रमाईलो र हराबरा बनाउनका लागी प्रत्येक बिद्यालयले बिद्यालय परिसर वरिपरी बृक्षारोपण गर्ने लगायतका निर्णय गरेको छ ।

नगरप्रमुख नेपालीको अध्यक्षतामा सम्पन्न अन्र्तक्रियामा नगर उपप्रमुख करमती पुन , ढोरपाटन नगरक्षेत्रका सम्पुर्ण बिद्यालयका प्रअ, बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष ,ढोरपाटन नगरकार्यपालीकाका सम्पुर्ण पदाधीकारी , कर्मचारी पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *