लालीगुराँस महोत्सवको उद्घाटन गर्दै मन्त्री लम्सालले भने, प्रदेश विकासको मुख्य आधार पर्यटन !

माधव पराजुली, पोखरा २०७५ बैशाख ५ ।‘धम्पुस लालीगुराँस महोत्सव हाम्रो पहिचान, आन्तरिक तथा बाहय पर्यटन प्रर्वद्घन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ माछापुच्छे« गाउँपालिका–७, धम्पुसमा मंगलवार देखि गन्तव्य धम्पुस लालीगुराँस महोत्सव–२०७५ सुरु भएकोे छ ।

महोत्सवको उद्घाटन गर्दै प्रदेश नं. ४ का उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले प्रदेशको विकासको मुख्य आधार पर्यटन भएको बताए । मन्त्री लम्सालले प्रदेशको निति तथा कार्यक्रममा पर्यटन पछि उर्जा, कृषि र उद्योगलाई प्रदेश विकासको सुचकको रुपमा प्राथमिकिकरण गरिएको चर्चा गर्दै पर्यटन व्यवसायलाई उद्योगका रुपमा विकास गरिनुपर्नेमा जोड दिए ।

मन्त्री लम्सालले धम्पुस गाउँ पर्यटकका लागि सुपरिचित नाम रहेको जनाउर्दै अव प्रदेशले पर्यटन प्रर्वद्घनका लागि होमस्टेको अवधारणालाई पनि अगाडि बढाउने स्पष्ट पारे । उनले चालु वर्षमा प्रदेशले लगानी सम्मेलन गर्ने तयारी थालेको पनि जनाए ।उनले प्रदेश सरकारले केन्द्रीय सरकार र स्थानीय सरकार बीचको सेतुको काम गर्ने स्पष्ट पार्दै भत्केका पदमार्गको व्यवस्थापनमा प्रदेश सरकार चनाखो रहेको स्पष्ट पारे।

प्रदेश सरकारले पर्यटन क्षेत्रको विकासको लागी नयाँ अवधारण ल्याएको चर्चा गर्दै मन्ीत्र लम्सालले गाँउ गाँउमा हेलिप्याड निर्माण गर्ने योजना सुनाए । ”गाँउको पहिचान गर्दै त्यसलाई पर्यटकीय स्थल बनाउछौँ मन्त्रि लम्सालले भने” यहाँ आएका पर्यटकहरु कुनै कारण विरामी भईहाले स्टेचर खोज्न जाने होईन गाँउमै हेलिप्याड निर्माण गर्ने र हेलिकोप्टन मार्फत बिरामी लाई अस्पताल लैजाने वातावरण मिलाउछौँ”

नेपालको कला संस्कृतिमा बिदेशी पर्यटक अझै बढी रमाउने गरेको चर्चा गर्दै लम्सालले नेपालमा रहेका बिभिन्न जातजातीको भेषभुषा,संस्कृति लाई अब कलचरल टुरीजमको रुपमा विकास गर्ने समेत बताए ।

माछापुच्छे« गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवर, वडा अध्यक्ष एवं आयोजक क्लवका संस्थापक अध्यक्ष समबहादुर गुरुङले मन्तव्य राखेका थिए ।

क्लवका अध्यक्ष आशिम गुरुङको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रम क्लवका सचिव सुरेश सुनारले संचालन गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *