विद्यार्थीकालमा सिकेको उद्घोषण कलाले प्रवासमा प्रशंसा कमाउदै, छम परियार !

खगेन्द्र विश्वकर्मा, बागलुङ, २०७५ बैशाख ५ । काठेखोला गाउपालिकामा जन्मेका छम परियार एक दशक भन्दा पहिले देखि रोजगारीको शिलशिलामा कतारमा छन् । कतारमा आफ्नो दैनिकी रोजगार बाहेक विभिन्न संघसंस्थामा सक्रिय भईरहन्छन परियार । संघसंस्थामा विभिन्न जिम्मेवार पुर्ण विश्वास र ईमानदारीताले सम्पन्न ख्याति कमाएका छम परियारको अर्को कला उद्घोषण हो । उनले संस्थाका विभिन्न साना साना कोठा, खुल्ला स्थान र आन्तरिक बैठक देखि ठुलाठुला उत्सव तथा सांस्कृतिक कार्यक्रम संचालनमा लोकप्रियता कमाएका छन् । बोलिमा स्पष्टता,साहित्यिक छन्द तथा रौनक, भावना र कटाक्ष्यको संयोजन गरेर दमदार आवाजले कार्यक्रम सुन्दर र प्रिय बनाउन माहिर छमले आवश्यक पर्दा कमान र अडरले पनि उत्तेजित माहोल शान्त बनाउन सिपालु मानिन्छन् ।

कतारमा नेपालीले गर्ने ठुला महत्त्व र सन २०१५, २०१६, २०१८ को कार्यक्रम संचालनबाट उनको उद्घोषण कलाको प्रशंसा भएको छ । शारीरिक रुपमा पनि उत्तम उनका निकट साथीहरु भन्छन्, उहाँको उद्घोषण कलाले हामीलाई कार्यक्रममा आर्थिक, भौतिक, तथा नैतिक रुपमा ठुलो राहात भएको बताउछन् । उनलाई उद्घोषण कला कसरी लिनुभयो भन्दा भन्छन्, म नेपालमा विद्यार्थीकालमा रेडियो, टेलिभिजनको कार्यक्रम सुन्ने र आफु एक्लै बोल्ने गर्थे, रुचि र अवसर पाएकोले मैले बुटवलमा उद्घोषण कला सिके । पछि कला सम्बन्धि विभिन्न पुस्तक,युट्यूव तथा विभिन्न टिभी कार्यक्रम हेरेर थप ज्ञान लिएको हुँ । उनी हाल बागलुङ सेवा समाज कतारका उपाध्यक्ष पनि हुन् । नेपालमा समेत स्थानीय स्तरका विभिन्न संस्थामा आवद्द्ध छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *