प्रवास : टोप बहादुर बचाउ अभियानमा हाल सम्म ६० हजार दिहराम (ब्लडमनी) संकलन !

खिमलाल पाण्डे, युएई २०७५ बैशाख ५ । ९१८, अप्रिल, २०१८० रोजगारिका लागि युएई आएका चितवन खैरेनीका टोपबहादुर बिश्वकर्माको उद्दारका लागि युएईमा क्रियाशील बिभिन्न संघ संस्थाहरु जोडतोड़का साथ सहयोग जुटाउन लागि परेका छन् । हाल सम्म करिब युएई दिहराम ९० हजार बराबर बिभिन्न संघ संस्थाहरुले मार्फत सहयोगको प्रतिबद्दता गरिएको छ जस मध्य ६० हजार दिहराम भन्दा बढी रकम जम्मा भईसकेको एनआरएनए युएईका अध्यक्ष रमेश श्रेष्ठले बताएका छन ।

गत २ जुन २०१४ मा क्रेन दुर्घटना हुदाँ दुई थाई नागरिकको मृत्यु भएको थियो । यसरी मृत्यु भए पछी युएई अदालतले विश्वकर्मालाई एक लाख बराबरको ब्लडमणी तिर्नु पन्रे घोषणा गरेको थियो । अदालतको फैसला बमोजिम टोपबहादुरले युएईबाट नेपाल फर्किन ब्लडमनी बापत करिब एक लाख दिर्हाम अर्थात झण्डै २८ लाख २० हजार रुपैयाँ तिर्नु पर्ने भयो । यति धेरै रकम आफुले तिर्न सक्ने आफ्नो आर्थिक क्षमता नभएको उनले बताए । जसको लागि युएईमा क्रियाशील बिभिन्न संघ संस्थाहरु संग सहकार्य गर्दै एनआरएनए युएईको संयोजनमा टोप बहादुर बचाउ अभियान सुरु गरिएको थियो । उक्त अभियानलाई युएईमा खोलिएका बिभिन्न संघसंस्थाहरुले आबश्यक रकम जुटाउन आ(आफ्नै स्थानबाट पहल गरेका छन्अहिले सम्म निम्न संघ संस्थाहरुले उक्त अभियानलाई साथ दिदै सक्दो सहयोग गरिरहेका छन् ।

अहिले सम्म सहयोग गर्ने संस्थाहरुमा एनआरएनए आईसिसी,काठमाण्डौले पनि आफ्नै तरिकाले सहयोग संकलन गर्यो जहा १०,००० दिराम बराबरको रकम जम्मा गरेको छ । त्यस्तै अनिश खलिङ राई ट्रष्ट, काठमाण्डौ(१७,५०० दिराम, एनआरएनए एनसिसी, युएई(५०५५ दिराम,एनआरएन अबुधाबी ५५० दिहराम, एनआरएन दुबई क्षेत्रबाट ६०० दिहराम, एनआरएन शारझाह क्षेत्रबाट ५०० दिहराम, एनआरएन रशअलखेमाह बाट ५०० दिहराम, एनआरएन अलऐन क्षेत्रबाट ११०० दिहराम त्यस्तै गरि युएईमा स्थापना गरिएका संघ संस्थाहरु प्रदेश ३ एकता समाज, युएई ५,०५० दिहराम, धादिंग सेवा समाज युएई १००० दिहराम, चितवन सेवा समाज युएई १००० दिहराम, दोलखा सेवा समाज युएई ७५० दिहराम, सिन्धुपाल्चोक सेवासमाज युएई ५०० दिहराम, त्रिशुली सेवासमाज९नुवाकोट० युएई ५०० दिहराम, जनसम्पर्क समिति युएई १,५०० दिहराम, कालिगण्डकी बहुउद्देश्य सेवा समाज युएई(१,१११ दिहराम, झापाली समाज युएई १,३०० दिहराम, बागलुङ सेवा समाज युएई १,००५ दिहराम, नेपाली समाज युएई १,००० दिहराम, स्याङ्गजा सहयोग समाज,युएई १,००१ दिहराम, एभरेष्ट मार्शल आर्टस् युएई १,००० दिहराम, दाङ देउखुरी समाज युएई १,००० दिहराम, प्रदेश ५ एकता समाज युएई १,००० दिहराम, अन्तराष्ट्रिय नेपाली कलाकार समाज ९ईनास०, युएई १,००० दिहराम, अर्घाखाँची सम्पर्क समिति युएई ५५५ दिहराम, म्याग्दी प्रवासी नेपाली संघ (मोना) युएई १,००० दिहराम, नवलपरासी सेवा समाज युएई ५०० दिहराम, पथरी सनिश्चरे समाज युएई ५०१ दिहराम, चापाकोट एकता समाज युएई ५०५ दिहराम, भोजपुर सेवा समाज युएई ५०० दिहराम, पर्वत सेवा समाज युएई ५०० दिहराम, सैनामैना सेवा समाज युएई ५०० दिहराम, प्युठान स्वर्गद्वारी सेवा समाज युएई ५०० दिहराम, ताप्लेजुङ सेवा समाज युएई ५०० युएई, चौधरी ग्रुप अफ कम्पनी १,५०० दिहराम, सर्लाही सेवा समाज युएई ५०० दिहराम, गोरखा सेवा समाज युएई १,००० दिहराम, लम्जुङ सेवा समाज युएई १,१०० दिहराम, नेपाली सहयोगी हातहरु मार्फत ११११ दिहराम सहयोग गर्ने प्रतिबद्दता गरेका छन् भने अधिकांश संघ संस्थाहरुले रकम बुझाइसकेको एनआरएनए युएईका अध्यक्ष श्रेष्ठले इबागलूँङलाई जानकारी दिए्रत्यस्तै ब्याक्तिगत रुपमा पनि क्रमशस् बिरेन्द्र नकर्मीबाट १२० दिहराम, श्रीमति आरती वाग्लेबाट १०१ दिहराम, केशव पाण्डेबाट ५० दिहराम, मोहन शर्माले १००० दिहराम सहयोग गर्नु भएको छ । अझै सहयोग रकम आउने क्रम जारीरहेको त्यसैले अब छिट्टै बिकलाई नेपाल फिर्ता पठाउन सफल हुनेछौ अभियानका संयोजक श्रेष्ठले बताउछन ।

थोपा थोपा मिलेर सागर बन्छ भने झैँ युएईमा स्थापना भएका बिभिन्न संघ संस्थाहरु लगाएत युएईमा कार्यरत नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको साथ र सहयोगले गर्दा नै टोप बहादुरलाई नेपाल फिर्ता पठाउन सकिने आशा पलाएको छ ।यु एईको जेल जिबन बिताईरहेका बिकले पनि आफुलाई नेपाल फिर्ता पठाउन सहौयोग गर्नुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु प्रति आफु सदैब ऋणी बन्ने बताउदै अझै नपुग रकमको लागि सबैको सहयोगको आशा गरेका छन् । बिकको सहयोगको लागि एनआरएनए फुजेराहले थप रकम संकलन गरिरहेको शेर सुनारले जानकारी दिएका छन् ।

माथि प्रतिबद्दता गरिएका रकम आउदो २० अप्रिल भित्रमा बुझाउनको लागि सम्पूर्ण संघ संस्र्था लगाएत सहयोगी मनहरुमा अपिल गरिएको छ साथै पहिलो चरणको अन्तिम मिति १३ अप्रिल भनिएता पनि बिबिध कारण बस रोकिएकाले आउदो २१ अप्रिल २०१८ शनिबारका दिन युएई स्थित नेपाली दुताबास अबुधाबीमा संकलित रकम बुझाइने एनआरएनए युएईका महासचिब कृष्ण पौडेलले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *