Sorry, that menu does not exist.
 

लघुशैक्षिक भ्रमणमा तीनचुले लेकमा पुगे युवा वर्ष प्रावि ताराका विद्यार्थी !

बागलुङ २०७३ फागुन ६ । युवा वर्ष प्राथमिक बिद्यालय तारा- ३ ले बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलार्इ विहीबार लघु शैक्षिक भ्रमणका लागी स्थानीयस्तरमै रहेको धार्मिक तथा पर्यटकीय स्थल तिनचुलेको अध्ययन भ्रमण गराएको छ । विद्यार्थीहरुको चौतर्फी विकासको लागी स्थलगत भ्रमणले उनीहरुमा प्रयोगात्मक कला तथा एकापसमा सहयोग सद्भाव तथा व्यक्तित्व विकासमा सहयोग पु¥याउने भएकोले ताराखोलामा रहेको तिनचुले पहाडमा रहेको मन्दिर , ताल र हिमशृ«खलाहरुको मनोरम दृष्यको अवलोकन गराएको विद्यालयका प्रध्यानअध्यापक पुर्णभद्र निउरेले बताए ।

भ्रमणमा बिद्यालय माअध्ययनरत कक्षा २ देखि ५ सम्मका ६१ जना बिद्यार्थी र ६ जना शिक्षक शिक्षिकाको सहभागिता रहेको बिद्यालयले जनाएको छ ।
म्याग्दी जिल्ला र बागलुङ जिल्लाको सिमानामा अबस्थित तिनचुलेमा रहेको प्राकृतिक तलाउ तथा पोखरी , मठ मन्दिर मुर्ति , ढकमक्क लालिगुरास फुलेको सौर्न्दर्यता र जङ्गलमा पाइने विभिन्न रुख बिरुवा ,जडिबुटीहरुको प्रत्यक्ष अबलोकन सँगै सो स्थानबाट देख्न सकिने हिम श्रृङ्खला विभिन्न स्थानहरुको दृश्याबलोकन गराइएको बिद्यालयका शिक्षक जित बहादुर घर्तीले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply