तिलाचन आधारभुत बिद्यालय निसीका पूर्व प्राधानाध्यापक शर्मालाई बिदाइ !

कुम्बिर बिश्वकर्मा,२०७३ फागुन ५। बागलुङ जिल्लाको पश्चिम क्षेत्रमा अबस्थित तिलाचन आधारभुत बिद्यालय निसी ९ भल्कोटमा सस्थापक शिक्षक एवं पूर्व प्रधानाध्यापक चन्द्रलाल शर्मालाई बिद्यालय, विद्यार्थी ,अभिभावकको तर्फ देखि उपहार संगै भब्यताका साथ बिदाइ गरिएको छ।

२०३६ साल देखि अद्यापन गराउदै शर्माले बिगट ठाउँमा शिक्षा क्षेत्रको विकासमा प्रशंसनीय भुमिका निभाउदै आएका थिए।

बिदाई कार्यक्रमा नेपाली काङ्ग्रेस बागलुङका जिल्ला सदस्य तारानाथ शर्मा को प्रमुख आथित्यता र विभिन्न पार्टी प्रतिनिधि ,सङ्घसस्थाका प्रतिनिधि ,अभिभावक,सन्चारकर्मी,लगायतको आथितित्यता रहेको थियो।

कार्यक्रममा बिद्यालयका शिक्षक अभिभावक संघका सदस्य राम बहादुर घर्ती मगर, बिद्यालयकै बर्तमान प्रध्यानाध्यापक छबिलाल बुढामगर, हिम सिखर प्राबि निसी ९ का प्रधानाध्यापक बिष्णुबहादुर घर्तिमगर, जनज्योति प्राबि निसी ३ चैत्यका प्रधानाध्यापक जनक छन्त्याल ,बिद्यालय शिक्षक अभिभावक संघका सदस्य सेर बहादुर घर्ति मगर, जनता प्रा बि निसी (१ मसलगाउका प्रधानाध्यापक टेकराज अर्याल ,ज्ञान ज्योती प्रा बि निसी ५ बुढाथोक प्रधानाध्यापक हर्कमान बुढा मगर एवम् समासेबी भुमिराज घर्ती मगर , प्रमुख अथिती तारानाथ शर्माले शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रममा बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष सुर्य बहादुर घर्ती मगरको अध्यक्षता,शिक्षिका निशा घर्ती मगरको स्वागत मन्तव्य र शिक्षक खुमलाल पौडेलको सन्चालनमा बिदाइ कार्यक्रम सम्पन्न भएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *