बुर्तिबाङदेखि रुकुमको खलङ्गासम्म सिधा बस सेवा सञ्चालन !

बिमल खड्का, बुर्तिवाङ २०७३ पुस १८ । बुर्तिबाङदेखि रुकुमको खलङ्गासम्म सिधा बस सेवा सञ्चालनमा आएको छ । बुर्तिबाङ बस व्यवसायी समिति बुर्तिबाङ र सिस्ने हिमाल यातायात व्यवसायी संघ सँगको सहकार्यमा सिधा बस सञ्चालनमा ल्याईएको छ ।

बुर्तिबाङ बसपार्कमा समितिका महासचिव नरहरि भुसालले बुर्तिवाङ खलङगा बस सेवाको शुभारम्भ गरेका हुन् । सोही बसमा यातायात ब्यवसायी, समितिका कर्मचारी, पत्रकार लगायतको टोली बस सहित रुकुमकोट पुगेको छ । उक्त टोली त्यहाँ पुगे लगत्तै स्थानियहरुले फुलमाला सहित भब्य स्वागत गरेको थिए ।

रुकुमको खलङगा देखि बागलुङको बुर्तिबाङ सम्म बस तथा जिप सञ्चालनमा आएको भन्दै त्यहाँका स्थानिय बासिन्दा निकै हर्षित बनेका छन । यस्तै बुर्तिबाङ बस ब्यवसायी समिति र सिस्ने हिमाल यातायात ब्यवसायी समितिका पदाधिकारी विच रुकुमको मैकोट मै परिचयात्मक कार्यक्रम पनि भएको छ ।
बुर्तिबाङ–रुकुम खण्डमा पुष्पलाल मध्यपहाडी लोकमार्गको स्तरिकरणसँगै यात्रुहरुको माग समेतलाई ध्यानमा राखेर बस सेवा सञ्चालन गरिएको बुर्तिबाङ यातायात व्यवासायी समितिका महासचिव भुषालले यस अनलाईनलाई जानकारी दिए ।

९५ किमि दुरीमा रहेको सडक एकतर्फी यात्रा गर्न ७ देखि ८ घण्टा लाग्ने समितिले जनाएको छ । यस्तै आज रुकुमको मैकोटमा पनि उक्त कार्यक्रमको उद्घाटन गरिएको समितिका महासचिव भुसालले बताए । दैनिक रुपमा एक–एक बस बुर्तिबाङबाट मध्यपहाडी लोकमार्गमा रुकुमको काँक्रीहुँदै खलङ्गा आवत जावत गर्ने छन् । सिधा बस सेवा सुरु भएपछि यात्रुलाई आवतजवत गर्ने, सामान ढुवानी गर्न र मध्यपहाडी लोकमार्गको सडक पहुँच क्षेत्रमा उत्पादिन सामग्रीको बजारिकरणमा सजिलो हुने विश्वास गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.