पत्रकार महासंघको विभिन्न पदमा निर्वाचित परिवर्तन रेडियोकर्मीलाई सम्मान !

बुर्तिवाङ २०७३ फागुन ५ । नेपाल पत्रकार महासंघ बागलुङको हालै सम्पन्न छैठौं अधिवेशनव्दारा जिल्ला कार्य समितिको विभिन्न पदमा सर्वसम्मत निर्वाचत रेडियो परिवर्तनका रेडियोकर्मीहरुलाई आज एक कार्यक्रमकाबीच रेडियो परिवर्तनले सम्मान गरेको छ ।

गत फागुन ३ गते जिल्ला सदरमुकाम बागलुङमा सम्पन्न भएको महासंघको छैठौं जिल्ला अधिवेशनबाट रेडियो परिवर्तन बुर्तिबाङका अध्यक्ष लोकेन्द्र सुनार खुल्ला तर्फ जिल्ला सदस्य, स्टेशन म्यानेजर राम सुवेदी केन्द्रिय पार्षद सदस्य तथा सञ्चारकर्मी प्रंशान्त घर्ति मगर र कविता घर्तिमगर क्षेत्रीय पार्षद सदस्यमा चयन भएकाले उनिहरुलाई रेडियो परिवर्तनले सम्मान गरेको हो ।

रेडियो परिवर्तन तथा जनसञ्चार सहकारी संथा लि बुर्तिबाङका उपाध्यक्ष निमलाल पाण्डेको अध्यक्षता रहेको सम्मान कार्यक्रममा रेडियोका सह सचिव सहविन अर्गेजा, प्रगतिशिल पत्रकार संघ नेपाल बुर्तिबाङ उपशाखाका सल्लाहकार उत्तमबहादुर महतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने, महासंघको अधिवेशनबाट निर्वाचित जिल्ला सदस्य तथा रेडियोका अध्यक्ष लोकेन्द्र सुनार तथा केन्द्रिय पार्षद सदस्य तथा स्टेशन म्यानेजर राम सुवेदीले धन्यवाद मन्तव्य दिएका थिए ।
कार्यक्रममा बोल्दै, रेडियोका उपाध्यक्ष पाण्डेले, ‘ रेडियोमा रहेर निरन्तर पत्रकारितामा क्रियाशील रहेका साथीहरु महासंघको जिल्ला, क्षेत्र र केन्द्रसम्ममको पदाधिकारीमा चयन आफ्नो रेडियोका लागि गर्वको कुरा भएको बताउँदै, यसले पनि रेडियो परिवर्तनलाई उचाईमा पु¥याएको आफूलाई महसूस भएको बताए ।

यस्तै प्रगतिशिल पत्रकार संघ नेपाल बुर्तिबाङ उपशाखाका सल्लाहकार महतले, प्रगतिशिल पत्रकार संघ जिल्लाले महासंघको अधिवेशनलाई सर्वसम्मत बनाउन खेलेको भुमिका महत्वपूर्ण रहेको बताए । यस्तै जनसञ्चार सहकारी संस्था लिमिटेड तथा रेडियो परिवर्तनका सह—सचिव सहविन अर्गेजाले, रेडियो परिवर्तनमा रहेका र यस मातहतमा रहेका ४÷४ जना पत्रकारहरु महासंघमा चयन हुनु रेडियोका लागि सुखद कुरा भएको र त्यसमा पनि पश्चिम क्षेत्रबाट रेडियो परिवर्तनले नै प्रतिनिधित्व बढाएकोमा सबैलाई शुभकामना व्यक्त गरेका थिए ।

रेडियोका प्राविधिक प्रमुख सुमन सुनारको स्वागत मन्तव्य तथा संवाददाता मिलन हमालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यसैबीच महासंघको जिल्ला अधिवेशनबाट प्रगतिशिल पत्रकार संघ नेपालका तर्फबाट महासंघमा चयन भएका सबैलाई उपशाखा बुर्तिबाङले बधाई तथा शुभकामना व्यक्त गरेको छ । आजै एक कार्यक्रमको आयोजना गरि संघका केन्द्रिय सदस्य तथा बागलुङ जिल्ला अध्यक्ष राम सुवेदी, जिल्ला उपाध्यक्ष लोकेन्द्र सुनार, जिल्ला सचिव विजय राना, कोषाध्यक्ष प्रकाश छन्त्याल, जिल्ला सदस्य तथा बुर्तिबाङ उपाशाखा अध्यक्ष प्रशान्त घर्तिमगर, केन्द्रिय सचिव भाषा शर्मा केन्द्रिय सदस्य ताराप्रसाद शर्मा, जिल्ला सदस्यहरु शेखर थापा , कविता घर्तिमगर, सल्लाहकार सदस्य नविन प्रताप जिसी लगायतलाई प्रगतिशिल पत्रकार संघ नेपाल बुर्तिबाङ उपशाखाको तर्फबाट शुभकामना व्यक्त गरिएको छ । उपशाखाले महासंघको अधिवेशनमा संघलाई प्रतिनिधित्व बनाउन सहयोग गर्ने सबै पत्रकारहरुका पेशागत संघ संगठनहरुलाई समेत धन्यवाद ज्ञापन गरेको छ ।

प्रगतिशिल पत्रकार संघका तर्फबाट जिल्ला शाखामा कोषाध्यक्ष सहित ४ जना, क्षेत्रिय पार्षद सदस्यमा ३ जना तथा केन्द्रिय पार्षद सदस्यमा ३ जना सदस्य चयन भएका छन् ।

उपशाखा अध्यक्ष प्रशान्त घर्तिको अध्यक्षता, र सचिव मिलन हमालको सञ्चालनमा उक्त कार्यक्रम भएको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.