Sorry, that menu does not exist.
 

भिमगिठे पुर्ण खोख युक्त गाविस घोषणा !

सुमन सुनार, बुर्तिवाङ २०७३ फागुन ५ । भिमगिठे गाउँ बिकास समितिलाई बिहिवार पुर्ण खोप युक्त गाउँ बिकास समिति घोषणा गरिएको छ । स्थानिय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पुर्ण खोप युक्त गाविस सुनिश्चितता हाम्रो प्रतिबद्धता भन्ने मुल नारा सहित भिमगिठे गाउँ बिकास समितिका सम्पुर्ण वडामा रहेका १२ देखि २३ महिना सम्मका सबै बालबालिकाहरुले १ बर्ष भित्रमा पाउनु पर्ने सम्पुर्ण खोप प्राप्त गरिसके पछि गाविसलाई पुर्ण खोप युक्त गाबिस घोषण गरिएको हो ।

कार्यक्रमा प्रमुख अतिथि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र बुतिबाङका प्रमुख सुनिल कुमार जैसवालले गा.बि.स लाई पुर्ण खोप युक्त गाविस घोषणा गर्दै राज्यले सम्पुर्ण बालबालिकालाई खोपको सुनिश्चीतता गरेकाले बालबालिकालाई कुनै पनि खोपबाट बञ्चित नगराउन आग्रह गरेका थिए ।
कार्यक्रममा भिमगिठे स्थास्थ्य चौकिका स्वयम सेविका मिना रायमाझी, जग्गादाता रेशम थापा, भिमगिठे जागरण युवा क्लवका अध्यक्ष कमल बहादुर अधिकारी, भिमघाट मध्यखोला लघु जलविद्युत आयोजना भिमगिठेका अध्यक्ष दिपेन्द्र केसी, भिमगिठे उच्च माध्यमिक विद्यालयका प्रअ सागर खरेल, स्थानिय शान्ती समितिका संयोजक कृष्ण भट्टराई, महिला अधिकार कर्मी गण्डकी थापा अधिकारी लगायतले कार्यक्रममा शुभकामना मन्तब्य दिएका थिए ।
यस्तै कार्यक्रमको अवसरमा पुर्ण खोप सुनिश्चित गराउन सहयोग गर्ने सम्पुर्ण महिला स्वास्थ्य स्वयम सेविका, कर्मचारी, गाविस सचिव र वडा नागरिकमञ्चलाई सम्मान गरिएको थियो ।
यस्तै कार्यक्रममा श्री कृष्ण महिला समुह भिमगिठेले स्वागत गित र नृत्य प्रस्तुत गरेका थिए भने विभिन्न विद्यालयका विद्यार्थिहरु, स्थानिय लगायतले सोरठी नाच, भजन ,पञ्चेबाजा लगायत सांस्कृतिक झाँकी प्रस्तुत गरेका थिए ।
भिमगिठे गाउँ बिकास समितिका सचिव एवम भिमगिठे स्वास्थ्यचौकी सञ्चालन तथा ब्यवस्थापन समितिका अध्यक्ष सुरज कुमार मलेपतीको अध्यक्षता रहेको कार्यक्रममा भिमगिठे स्वास्थ्यचौकि अनमी टिका गुरुङको स्वागत मन्तब्य र भिमगिठे स्वास्थ्यचौकि प्रमुख विपेन्द्र प्रताप केसी र स्वास्थ्यचौकी अहेव तारा बहादुर घर्तिको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply