कालिका भगवती मन्दिर र चैत दशैँ मेलावीच अन्योन्यास्रित सम्वन्ध रहेको छ :खड्का

खगेन्द्र विश्वकर्मा, बागलुङ २०७३ फागुन ५ । प्रसिद्ध कालिका भगवती मन्दिरमा परम्परादेखी लाग्दै आएको चैत दशैँ मेलालाई कालिका भगवती मन्दिर व्यवस्थापन समितिले यस वर्ष थप व्यवस्थितरुपमा मनाउने भएको छ ।

यस वर्षको मेलामा विगत बर्षहरुमा जस्तै राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुव्दारा सांगीतिक प्रस्तुती, लोक दोहोरी गीत प्रतियोगिता, खुल्ला भलिबल प्रतियोगिता, छेलो प्रतियोगिता लगायतका कार्यक्रमहरु गरिने समितिका अध्यक्ष राजु खड्काले जानकारी दिए। कालिका भगवती मन्दिर र चैत दशैँ मेलावीच अन्योन्यास्रित सम्वन्ध रहेको उल्लेख गदै अध्यक्ष खडकाले धार्मिक, आर्थिक, साँस्कृतिक एवं राजनीतिक दृष्टिले मेला महत्वपूर्ण रहेको बताए ।

मेलालाई व्यवस्थित रुपमा संचालनका लागी बिगतमा सहकार्य गरेका संघ सस्थाहरु, स्थानिय प्रशासन, सुरक्षा निकाय, मिडिया तथा आम नागरिकहरुको सहयोग लिइने खड्काले बताए।

मेला ब्यवस्थापन सम्बन्धि बिस्तृत कार्यक्रम आयोजक सस्थाहरुसंग समन्वय गरी तय गरिने बताइएको छ ।

वर्षमा दुई पटक विजया दशमी र चैत्राष्टमीका अवसरमा प्रशिद्ध कालिका भगवती मन्दिरमा विशेष पूजा अर्चना गरिन्छ । चैत्राष्टमीमा कालिका भगवतीको पूजा अर्चनाका साथै मन्दिर परिसर वरपर चैत्राष्टमी मेला अर्थात चैतदशैँ मेला लाग्छ । मेलामा प्यूठान, गुल्मी, कास्की रुपन्देही लगायतका व्यापारीहरु आउने प्रचलन हराउदै गएपनि बागलुङ आसपासका जिल्लाहरुबाट स्थानीय उत्पादनहरु विक्रीका लागि मेलामा आउने गर्छन् । चैत दशैँ मेला व्यापार मेलाको रुपमा मात्र नभएर साँस्कृतिक, राजनीतिक, एवं खुलकूदका लागि पनि उत्तिकै महत्वपूर्ण रहि आएको छ ।

चैत्र नवरात्रमा कालिका भगवती मन्दिरमा पूजा अर्चनाका लागि स्वदेश तथा बिदेशबाट भक्तजन एवं दर्शनार्थीहरु ठूलो संख्याा आउने गर्छन् । चैतदशैँ मेला नेपालकै महत्वपूर्ण सास्कृतिक पर्ब भएकाले यसको संरक्षण र ब्यवस्थापनका लागी राज्य तथा सबैको सहयोग आवश्यक पर्ने मेलालाई नजिकबाट नियाली रहेकाहरुको भनाई छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.