के भन्छन्, राप्रपाका केन्द्रिय सदस्यका उमेदवार युवा नेता प्रकाश रिमाल ?

नाम भएका तर काम नगर्नेलाई बिदागरी युवाहरुलाई अगाडी बढाउनु आवश्यक छ !

राष्ट्रिय प्रजातन्त्र पार्टी एकताको पहिलो एतिहासिक महाधिवेशनमा जुटेको छ । नेपालको हकमा संघीयता आवश्यक छैन । तर, संघीयता अहिलेको यथार्थ पनि हो । संघीयता हुँदा हिमाल, पहाड तराई नछुट्टिएको हुनु पर्दछ भन्ने हाम्रो मान्यता हो । सबैलाई मान्य हुने संघीयता भए आपत्ति छैन ।
***
महाधिवेशनमा देशभरबाट ३४ सय ७० प्रतिनिधि सहभागि हुनेछन् ।महाधिवेशन फागुन ६ देखि ९ सम्म काठमाडौंको भृकुटीमण्डपमा हुनेछ । उदघाटन् समारोह देशमा मूख्य टेलिभिजन र रेडियोबाट प्रत्यक्ष प्रसारण हुने छ ।
***
त्यस्तै यो महाधिवेशनबाट बढी युवा नेतृत्वहरु निर्वा्चित हुने अवस्था पनि देखिएको छ ।
***
राजसंस्था कि गणतन्त्र भन्नेमा संवैधानिक राजसंस्थाको पक्षमा बढि माहोल देखिएको छ । देशव्यापी रुपमा संवैधानिक राजसंस्था कै पक्षमा बढि प्रतिनिधि आएका छन ।
***
अव नेतृत्वमा रहने व्यक्तिहरु के कुरामा प्रष्ट हुनु प¥यो भने केन्द्रिय महाधिवेशन कार्यकर्ताबाट चयन हुने एउटा विधि र प्रकृया हो । त्यो विधि र प्रकृया सबैले मान्नुपर्दछ । विगतमा कांग्रेस विभाजित भयो एमाले विभाजित भयो पुनः एकता भयो, त्यसपछि उनीहरुले प्रजातान्त्रिक बिधि र प्रकृया माने । त्यहाँ असहमत राख्ने पक्ष पनि हुन्छ । अल्पमतमा पर्ने पनि हुन्छन तर सँगसँगै गएर अर्को महाधिवेशनमा पुन प्रतिस्पर्धा गर्दछन हामीले पनि त्यो कुरा स्वीकार्नु पर्दछ अहिले अधिवेशन गर्न भनेको पनि कार्यकर्ताबाट हामीले नेतृत्व अनुमोदित हुने हो ।

नछानीनेले अर्को महाधिबेशन सम्म पर्खनु पर्दछ । हार्दा वित्तिकै बाहिरीने वा छुट्टिने भन्ने अव त्यो सम्भव हुँदैन । अव नेता कार्यकर्ता सचेत छन, बुझेका छन , बिधि र प्रकृया बुझेका छन । त्यसैले महाधिवेशन पछि त्यो विधि र प्रकृया भन्दा बाहिर गए कार्यकर्ताले त्यसलाई साथ दिदैनन् ।
***
विगतको व्यवहार हेर्दा आशंका उठ्न सक्छ तर समयले धेरै कुराको पाठ सिकाउछ । अहिले राष्ट्रिय समस्या समाधान गर्न सक्ने राष्ट्रिय पार्टीको अभाव भयो भन्दै बलियो राष्ट्रवादी शक्ति बनाउन रा.प्र.पा को एकता भएको हो ।
***
अहिले विभाजन होइन एकताबद्ध भई अगाडी बढ्नु पर्दछ र पार्टीको महाधिवेशन पछि हुने स्थानीय निकायको निर्वाचन र संघीय निर्वाचनहरुमा सशक्त रुपले अगाडी बढ्नु पर्दछ भन्ने हो ।
***
जुन उद्देश्य हामीले बोकेको छौ त्यो उद्देश्य पुरा गर्न अव विभाजित भएर होइन एकिकृत भएर अगाडी बढ्नु पर्दछ । त्यस्तै विगतमा जस्तो व्यक्तिका पछाडी भन्दा बिचार र पार्टीका पछाडी लाग्ने प्रवृत्ति बढ्दो छ त्यसैले अव विगतमा जस्तो समस्या हुँदैन ।
***
अहिले रा.प्र.पामा धेरै युवाहरु आएका छन पञ्चायती पृष्ठभूमिका व्यक्ति मात्र नभई कांग्रेस एमाले छाडेर आउने पनि धेरै युवाहरु छन त्यसैले अव कुनै व्यक्तिले छाड्दैमा कार्यकर्ता उसँग जाने र अर्को पार्टी बनाउने भन्ने वातावरण अव पार्टीमा छैन ।
***
पार्टीमा म युवक संगठनको अध्यक्ष छु । त्यसैले पार्टीको नेतृत्वमा युवालाई वैधानिक तरिकाले नै जाने वातावरण बनाउनु पर्दछ भनेर उठाई रहेको छु । यद्यपी यो लागु भएको छैन तर अहिले देशभरीबाट महाधिवेशन प्रतिनिधिमा युवाहरु बढि आएका छन । उनीहरुमा युवाहरुलाई नेतृत्वमा पुराउनु पर्दछ । उनीहरुले समेत सचेतता पुर्वक युवाहरुलाई स्थापित गर्ने काम गर्दछन । नाम भएका तर काम नगर्नेलाई बिदागरी युवाहरुलाई अगाडी बढाउनु आवश्यक छ ।
***
आम पार्टीका प्रतिनिधिले बुद्धि, बिबेक प्रयोग गरेर काम गरेको र काम गर्ने नेता छानौ । त्यसैगरी चुनावमा युवालाई जिताउनु पर्दछ नत्र काम गर्ने जति बाहिर नाम भएका मात्र माथि हुने अवस्था आउछ । अव पार्टीमा युवा पुस्ताको भविष्य सुनिश्चित गर्न युवा पुस्ता नै अगाडी आउनु पर्ने देखिन्छ ।

प्रस्तुती: माधव अधिकारी
काठमाडौं, २०७३ फागुन ५ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *