बाेंँगादोभान, पूर्ण खोप सुनिश्चित गाँउ विकास समिति घोषित !

सुमन सुनार, बुर्तिवाङ २०७३ फागुन ५ । बाेंगादोभान गाउँ बिकास समितिलाई बुधबार पुर्ण खोप युक्त गाउँ बिकास समिति घोषणा गरिएको छ । बोंगादोभान गाउँ बिकास समितिका सम्पुर्ण वडामा रहेका १२ देखि २३ महिना सम्मका कुल १३५ बालबालिकाहरुले १ बर्ष भित्रमा पाउनु पर्ने सम्पुर्ण खोप प्राप्त गरिसके पछि गाविसलाई पुर्ण खोप उक्त गाबिस घोषण गरिएको हो ।

कार्यक्रमा प्रमुख अतिथि जिल्ला जन स्वास्थ्य कार्यलय बागलुङका बरिष्ठ जनस्वास्थ्य प्रशासक दिपक प्रसाद तिवारीले गा.बि.स लाई पुर्ण खोप युक्त गाविस घोषणा गर्दै राज्यले सम्पुर्ण बालबालिकालाई खोपको सुनिश्चितता गरेकाले बालबालिकालाई कुनै पनि खोपबाट बञ्चित नगराउन आग्रह गर्दै नागरिकहरु सचेत र जिम्मेवार हुनु पर्ने कुरामा जोड दिएका थिए ।

कार्यक्रममा अन्तर पार्टी महिला सञ्जाल बोंगादोभानकी अध्यक्ष नमी घर्ती, प्रहरीचौकी बोंगादोभानका प्रमुख विष्णु प्रसाद मिश्र, जन जागृति माध्यमिक विद्यालय बोंगादोभानका प्र.अ प्रेम बहादुर खड्का, बुर्तिबाङ प्रथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङका सिनियर अहेव ऋतुवर्ण पौडेल, नेपाली कांग्रेसका खगेन्द्रमान पुन, नेकपा एमालेका अम बहादुर घर्ति, नयाँ शक्ति पार्टि प्रतिनिधि थम प्रकास गीरी,नेकपा माओबादी केन्द्रका सुर्य प्रकास सिर्पाली, जिल्ला जनस्वास्थ्य कार्यलय बाग्लुङका खोप शाखा कर्मचारी बिरेन्द्र कुमार चौधरी, निजामति कर्मचारीहरु आधिकारीक ट्रेड युनियन सि.वि.ए का अध्यक्ष तेज प्रसाद न्युर र पुर्व बोंगादोभान स्वास्थ्य चौकी प्रमुख टोप बहादुर गुरुङ लगायतले कार्यक्रममा शुभकामना मन्तब्य दिएका थिए ।

यस्तै कार्यक्रमकै अवसरमा पुर्ण खोप सुनिश्चित गराउन सहयोग गर्ने सम्पुर्ण महिला स्वास्थ्य स्वयम सेविका, कर्मचारी, गाविस सचिव र वडा नागरिकमञ्चलाई सम्मान गरिएको थियो ।

बोंगादोभान गाउँ बिकास समितिका सचिव एवम बोंगादोभान स्वास्थ्यचौकी सञ्चालन तथा ब्यवस्थापन समितिका अध्यक्ष कमल प्रसाद भुर्तेलको अध्यक्षता रहेको कार्यक्रममा बोंगादोभान स्वास्थ्यचौकीकी अनमी गायत्री राम्जाली मगरको स्वागत मन्तब्य र स्वास्थ्यचौकीका अहेव राजन कुमार थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *