बुर्तिबाङ गाउँ विकास समितिको २५ औ गाँउ परिषद्

बिमल खड्का, बुर्तिवाङ २०७३ पुस १८ । बुर्तिबाङ गाँउ विकास समितिको २५औ गाँउ परिषदको् आज उद्घाटन सत्र सम्पन्न भएको छ । कार्यक्रममा गाविस स्तरका वडा नागरिक मञ्चका प्रतिनिधि , विभिन्न राजनैतीक दलका प्रतिनिधि, समाजसेवी बुद्धिजिवी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले गाँउ परिषदबाट विनियोजन भएका रकम विकाश निर्माणका लागी आबश्यक कार्यमा सहि ठाँउमा प्रयोग गर्ने, विनियोजन भएका रकम सहि ठाँउमा प्रयोग भए नभएका कुराहरु बिषेश महत्व दिनु पर्नेमा जोड दिएका थिए ।

उक्त गाँउ परिषदले गरेका निर्णयहरु भोलि सार्बजनिक गरिने भएको छ । परिषद्ले आर्थिक बर्ष २०७२÷०७३ का लागी कुल ७५ लाख ३७ हजार बजेट लक्षित बर्ग तथा समुदाय र पुर्वधार विकास निर्माणमा विनियोजन गरिने छ । जस अनुसार चालु तफ ५ लाख २० हजार र पुँजिगत तर्फ ७० लाख १७ हजार रहेको गाविस सचिब चण्डि प्रसाद पौडेलले जानकारी दिए । गाविष अध्यक्ष एवम सचिव पौडेलको अध्यक्षता रहेको उक्त कार्यक्रमको सञ्चालन सामाजिक परिचालक विष्णु विश्वकर्माले गरेका थिए । परिषद् भोली सम्पन्न हुने बताईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.