प्रेस सेन्टर नेपाल गुल्मीको बधाई तथा शुभकामना कार्यक्रम !

गुल्मी २०७३ फागुन ४ । नेकपा माओवादी केन्द्र गुल्मीको प्रचार विभागले प्रेस सेन्टर नेपालका तर्फवाट नेपाल पत्रकार महासंघको ५ औं जिल्ला अधिवेशनबाट निर्वाचित हुने पदाधिकारी सहितका सदस्यहरुलाई बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरेको छ ।

प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य प्रेम सुनार केन्द्रिय सभासद , प्रादेशिक सभासदमा तिलक महत , मदन पौड्याल , गणेश सारु , जिल्ला कार्य समिति सह–सचिवमा घनश्याम खरेल र सदस्यमा दधिराम खनाल निर्वचित भएकोमा प्रचार विभागले बधाई तथा स्वागत मन्तव्यको आयोजना गरेको हो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटव्यरो सदस्य तथा जिल्ला ईन्चार्ज दिनेश पन्थी , जिल्ला संयोजक वीरबहादुर कार्की , प्रचार विभाग प्रमुख युवराज केसी, २ नम्वर क्षेत्रिय संयोजक अशोक थापा लगायतले नवनिर्वाचित सभासदहरु , जिल्ला कार्य समितका पदाधिकारी र सदस्यलाई बधाई दिदै सफल कार्याकालको शुभकामना दिएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *