जीवन बिकको जीवन रक्षार्थ बाबुआमाको अपील, सहयोग जुट्नेक्रम सुरु !

बागलुङ, २०७३ फागुन ३ । रिघा गाविसका एक १२ वर्षिय बालकलाई एपेन्डिसाइटिस (Appendicitis) भएपछी उनको पोखरा स्थित एक अस्पतालमा शल्यक्रिया पश्चात थप उपचार भैरहेको छ । आर्थिक विपन्नताले गर्दा बालकको थप उपचारका लागि बाबुआमाले आर्थिक सहयोगका लागि सबैमा अनुरोध गरेका छन् ।

बागलुङ जिल्लाको रिघा गाविस-४ का बलबहादुर विश्वकर्मा र मीना विश्वकर्माले आफनो १२ वर्षिय छोरा जीवन विश्वकर्माको जीवन रक्षार्थ सबैमा अनुरोध गरेका हुन् । अभियान कृषि सहकारी सँस्था रिघाका शिक्षा संयोजक डम्वर श्रीसका अनुसार जीवनका बाबुआमाको आर्थिक अवस्था नाजुक रहेकोले ज्याला मजदुर गरेरे परिवार चलाउदै आएका हुँदा अभियान र बालसंरक्षण मञ्च रिघाले आर्थिक सहयोग अभियान समेत शूरु गरेको छ ।

यसैवीच सोमबार संस्थाले रिघा गाविसको वडा नं ४ बाट उठेको २६ हजार ४ सय र बागलुङ युवा समाज मलेसियाले मलेसियामा कार्यरत नेपालीहरुबाट उठाएको ४० हजार गरी ६६ हजार ४ सय मिना विश्वकर्मालाई हस्तान्तरण गरेको खर्वाङबाट सहकर्मी अनिष पाठकले बताएका छन् । ।सहयोग गर्न चाहानेले ९८४७६४०४६२ र ९८४७७२९११५ मा सम्र्पक गर्न समेत संस्थाले आग्रह गरेको छ ।
जीवन रिघा गाविस ४ स्थित विद्यालयमा कक्षा ७ मा अध्ययन रत छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *