हे बिधाता,केही त गर, उनका आँशु पुछ्न खोज्छु मेरै आँखा रसाउँछन् … !

बागलुङ २०७४ चैत २१ । कहिले काँही त यस्तो लाग्छ म किन यस्तो क्षेत्रमा लागेछु रु आँफैले आँफैलाई किन पीडा दिएछु रुअरूका आँशु देख्दा देख्दै मेरा किन आँशु झर्छन् रुअरूका आँशु पुछुँ कि आफ्नै रु अनि लाग्छ मलाई,कसैका आँशु पुछ्नै नसके पछि आफ्नै आँशु पुछ्नु सिवाय के नै म गर्न सक्छु र रु मलाई यस्ता प्रश्नै प्रश्नका भावनाले उत्पात सताउँथ्यो । गर्न केही सक्दैनथें । कोही छन् कि हे बिधाता १ मेरा प्रश्नका भावना शान्त पारिदेऊ न १ बिन्ती गर्थें तर,आँफै भित्र सिमित हुन्थे । मेरो जीवन जीउने लुतुरे जागीरे जीवनमा थुप्रै हृदय विदारक र पीडादायी घटना देखेको छु,भोगेको छु र व्यहोरेको छु । कति बताएँ हुँला,कति बताउन सकिन हुँला । देख्दा(देख्दै मैले के व्यहोरें आज मैले बुझ्न सकिन । यो देखेर म भित्र(भित्रै पोलिन्थें । भकभकि पाक्थें । भक्कानिएर रून्थें । जो जोमा शक्ति र सक्षमता थियो वहाँहरूको कोठा कोठामा पुगेर याचना गर्थें र भन्थें ( प्लीज्,यो पीडामा मल्हम् लगाई दिनुस् न १ सहयोग गर्नुस् न १ मेरा बिनम्र आग्रहहरू सहयोगमा परिणत हुन्थे । सहयोग पनि उत्तिकै भैरहेका छन् । म हुलाकी बनेर ती बिनम्र सहयोगहरूलाई लिएर पीडितका घाउमा मल्हम लगाउन पुग्थें । वहाँहरूले दिएको मल्हम पाएकाहरू खुशी पनि हुनुहुन्छ होला १ म यसमा निश्चिन्तता पूर्वक ढुक्क छु । मेरो काम त केवल सहज बाताबरण निर्माण गर्नु बाहेक के नै हुन्थ्यो र १ मलाई त्याहाँ भन्दा बढी मेरो क्षमता मेरो जिम्मेवारीले दिंदै दिन्न । झन् बढी भक्कानिएँ । असह्य रोदनलाई सम्हालें । म के गरूँ रु

तर आज रेशको गाउँमा पुगेर फर्केपछि म बोल्न बाध्य भएँ । नबोली रहन मनले सुखै दिएन । यौटी छोरीले सिंउदोको सिंदुर पुछिंदा कसरी सहिन् रु र त्यही पुछिएको सिंदुरले जन्मेको अशक्त सन्तानलाई सशक्त बनाउन कति संघर्ष गरिन् रु त्यही अपाङ्ग छोरी,दुधे बालक सहितको जीवन धानेर जीवन थामेको कारूणिक वेदनाको कथा सुनें र दर्दनाक अवस्था देखें । त्यही पीडा यहाँ सुनाएको छु ।

एउटी चेलीको कथा सुनेर म यतिखेर दुःखी छु । उनका आँशु पुछ्न खोज्छु मेरै आँखा रसाउँछन् । अर्थात उनी हुन्( गीता जिसी । काँठेखोला गाउँपालिका वडा नं।७ रेश जीरेदीमा अर्कैको घरमा आश्रय पाएकी उनी बेघरबार छिन् । अपाङ्ग छोरी र काखे बालकलाई सम्हाल्न हम्मे हम्मे गर्छिन् । गर्भमै बच्चा हुँदा श्रीमानले छोडेर गए । कसरी सम्हालेकी छन् उनले आँफुलाई यो देखेर मेरा आँखा रसाउँछन् । ११ बर्षकी नीशा जिसी र ३ बर्षीय दुधे बालक छोराका आँखाले अनगिन्ती सपना देख्छन् । आमाले केही गर्न सक्दिनन् । यस अघि अपाङ्ग बालकको बारेमा सूचना पाएर पुग्दा देखें, मान्छे भएर पनि बन मान्छे जस्तो बनको छेउमा घर थियो । गीताले जीवन बाँच्न अर्काको घरमा निमेक मजदुरी गर्छिन् । यौवन नफक्रंदै विवाह भएको थियो । विवाहको एक बर्षपछि छोरीको जन्म । त्यही छोरी पनि अपाङ्ग जन्मी । देब्रे खुट्टाको हड्डी कमोजोर हुँदै गएर टेक्नै सकिन । सकि नसकि ठाउँ ठाउँमा उपचार । यसैबीच अर्को गर्भले दोजिया । गर्भमै श्रीमानको मृत्यु । लगातार तीनजनाको त्यही बन छेऊको घरमा अल्पायुमा निधन । नफापेको घरमा बस्नै मनले मानेन । गाउँलेको सुझावले त्यो टुक्रो जग्गाको सानो झुपडी पनि छोड्न बाध्य । गाउँलेले नै पाँच महिनाको लागि आश्रय दिए । तीनबर्ष सम्म त आश्रयमा बसिन् । आश्रय दिनेले पनि कति दिउन् रु घर थिएन त्यो,छोड्नै पर्थ्यो । बसेको घरमा पनि सँधै साध्य भएन । बिकल्पै छैन । एघार बर्षीय छोरीको खुट्टाको पीडा झन बल्झियो । उपचारले सार्थकता नपाएपछि आँफू कार्यरत सँस्था अपाङ्ग सरोकार सँघ बागलुङको पहलमा INF Nepalको सहयोगमा खुट्टा काटेर कृत्रिम खुट्टा जोडिएको छ । वडा कार्यालयले तीन जनाको परिवारलाई छानाको व्यवस्था गर्न मद्दत गर्न चाहन्छन् । छिमेकी चित्रबहादुर कार्कीले केही जग्गा समेत दिए । आईएनएफ र अपाङ्गता सरोकार सँघ बागलुङको CBR कार्यक्रम मार्फत घर निर्माणको थालनी गरिएको छ । बागलुङ बजार देखि लियो क्लब अफ बागलुङ कालिकाका युवाहरू पुगेर स्वयंसेवीको रूपमा श्रमदान पनि भएको छ । क्लबका मित्रहरूले यसको शुरूवात गरिदिनु भएको छ । कामको थालनी त भएको छ । तर काम गर्ने कामदारलाई ज्याला दिनु छ । झ्याल ढोकाका काठपात खरिद गर्नु छ । कर्कटपाता वडा कार्यालयले दिएको छ । यस बाहेक पनि थुप्रै आर्थिक अभावको अवस्था छ । ती लालाबालाको भविष्य निर्माण गर्न पनि उपयुक्त बास हुनु जरूरी छ । यहाँहरू जो सक्षम हुनुहुन्छ । तपाईहरूको सानो सानो सहयोगले ती एकल महिलाको चहराई रहेको घाऊ निको गराउन ठूलो मद्दत हुने छ । मैले यसरी कहिल्यै साथीहरूमा आग्रह गरेको थिईन । यसपाली मैले हजुरहरु सबैलाई दिलै देखि बिनम्र आग्रह गरें ।

रामप्रसाद घिमिरे
बागलुङ
२०७४ चैत २१ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.